निर्णय नं. ३२५५ - अंश माना चामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२५५ - अंश माना चामल भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/१०/२१ २६९५ निर्णय नं. ३२५५ ने.का.प. २०४४ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.इ. नम्बर ७५ मुद्दा : अंश माना चामल । निवेदीका/वादी :जिल्ला धादिङ भारपाक गाउँ पञ्चायत घर भई हाल जिल्ला नुवाकोट गङ्गामाई गाउँ पञ्चायत वडा नं. २३ त्रिशुली बस्ने कल्पना कुमारी अधिकारी । विरुद्ध विपक्षी/प्रतिवादी: जिल्ला धादिङ भारपाक गाउँ पञ्चायत वडा नं. ३ को बोराङ बस्ने भद्र कुमारी अधिकारी क्षेत्री । ऐ.ऐ बस्ने चन्द्र बहादुर अधिकारी क्षेत्री । फैसला भएको मिति: २०४४।१०।२१।५ मा अर्कोसंग करणी गराएकी छु भनी स्वास्नी अड्डामा सावित भएको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएबाट सम्बन्ध बिच्छेद गर्न लोग्नेले छुट्टै नालेश गर्नुे पर्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. १२) कार्यविधिगत त्रुटीको कारणले मुद्दा खारेज हुँदैमा मुद्दामा पक्षले स्वेच्छापूर्वक व्यक्त गरिसकेको कुराको विपरीत हुने गरी अन्य दावी वा जिकिर लिन पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १४) अर्को विवाह समेत गरी आफ्नो साविकको स्थितिमा परिवर्तन गरेकोबाट अब आएर सत्यमा बसेकी छु भन्न पाउने अवस्था आउँदैन, एउटा मुद्दामा एक व्यहोरा र दोश्रो मुद्दामा सो व्यहोरा विपरीत भन्न पाउने हुँदैन विबन्धनको सिद्धान्त लागू हुने । (प्रकरण नं. १५) ५ भागको १ भाग मेरो र मेरो छोराको अंश दिलाई माना चामल समेत भराई पाउँ भन्ने वादीको दावी भएपनि मूल रुपमा कल्पना कुमारीकै दावी भएको र स्वतन्त्र रुपमा छोराको समेत दावी भई मुद्दा चलेको नदेखिएको र पछि रीतपूर्वक फिराद परेका बखत निर्णय हुनसक्ने नै देखिँदा प्रस्तुत मुद्दाबाट निजको हकमा निर्णय गरिरहनु नपर्ने । (प्रकरण नं. १६) निवेदीका तर्फबाट: विद्वान अधिवक्ता श्री शुशिल पन्त विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदीकाको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको अंश माना चामल भने मुद्दाको मिसिल झिकी फुल बेञ्जबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमाड्डी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी चन्द्र बहादुर मेरा पति हुन् मेरो गर्भबाट एक छोरा समेत जायजन्म भएको छ । विपक्षी मिली मलाई षडयन्त्र गरी हाडनाता करणी मुद्दा दिएकोमा मिति २०३४।९।२२ गते वागमती अञ्चल अदालतबाट खारेज भई अन्तिम फैसला भएको छ । विपक्षी लोग्नेले २०३५ सालमा अर्को स्वास्नी ल्याएको र मलाई सासू र लोग्ने मिली मिति २०३४।१०।३ गते घरबाट निकाला गरिदिएकोले विपक्षीहरूसँग बाबु बाजेको श्रीसम्पत्तिको तायदाती मागी सौता १, लोग्ने १, सासू १ र म वादी र मेरो नाबालख छोरा गरी पाँच भागको १ अंश मध्ये म र नाबालख छोराको गरी २ भाग अंश दिलाई फैसला भएको मिति तकको माना चामल भराई पाउँ भन्ने समेत व्यहोराको दावी । ३. विपक्षी वादीले मिति २०३१।१२।२२ मा तीन पुस्ताभित्रको ओम बहादुर नाम गरेक