निर्णय नं. ३२५६ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२५६ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/११/११ २२२१ निर्णय नं. ३२५६ ने.का.प. २०४४ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट पूर्ण इजलास नम्बर ५४ विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : का.जि. टेकू स्थित नेपाल यातायात संस्थान केन्द्रीय कार्यालयको सञ्चालक समितिको तर्फबाट अधिकार प्राप्त ऐ. ऐ. को कार्यकारणी अध्यक्ष तथा महाप्रबन्ध कृष्णराज पाण्डे । विरुद्ध विपक्षी : सचिव निर्माण तथा यातायात मन्त्रालय, बबरमहल । श्री निर्माण तथा यातायात मन्त्रालय । का.जि.का.न.पं.वडा नं.२१ लगन दलाछिटोल बस्ने वसन्त प्रसाद प्रधान । आदेश भएको मिति: २०४४।११।११।३ मा नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को विनियम ६.४ मा अपील सुन्ने अधिकारी समितिले सूचीत आदेशद्वारा यस परिच्छेद बमोजिम सजायँ पाएको कर्मचारीले अपील दिने अधिकारी नतोकेसम्मलाई यस्तो अपील समिति समक्ष पेश गरिनेछ र समितिले यस परिच्छेदको व्यवस्था बमोजिम आफ्नो निर्णय दिनेछ, भन्ने उल्लेख भएको पाइन्छ । यसबाट पुनरावेदन सुन्ने अन्य अधिकारी नतोकेसम्म पुनरावेदन समितिमा पेश हुने र समितिबाट निर्णय हुने व्यवस्था गरेको र सो विनियमको विनियम २(ग) मा समिति भन्नाले संस्थानको सञ्चालक समिति सम्झनु पर्छ भन्ने परिभाषा गरेको पाइने । (प्रकरण नं. १३) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट, विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः सविच निर्माण तथा यातायात मन्त्रालय बबर महलको मिति २०४२।३।१६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदक सर्वोच्च अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. यस संस्थानका अधिकृत तह ६ (प्र.) का विपक्षी बसन्तप्रसाद प्रधानले कुनै विदा स्वीकृती नगराई तथा विदाको कुनै रिपोर्ट समेत नदिई मिति २०४० साल पौष ३० गतेदेखि संस्थानमा अनुपस्थित रहनु भएकोमा कारवाही चली पटकपटक सूचना पठाउँदा तथा गोरखापत्रमा सूचना समेत प्रकाशित गराउँदा वास्ता नगरी संस्थानको दैनिक काममा बाधा समेत पारेकोले नेपाल यातायात संस्थान विनिमय २०२२ को परिच्छिेदको नियम ६(३) अनुसार पर्चा खडा गरी सोही विनियम समेत अनुसार संस्थानको नोकरीका निमित्त अयोग्य नठहरिने गरी सञ्चालक समितिको मिति २०४१।६।७।१ को निर्णयानुसार निजलाई नोकरीबाट हटाउने निर्णय भई सो निर्णयको सूचना पटकपटक बुझाउन पठाउँदा बुझी नलिएको र रजिष्ट्ररी गरी पठाउँदा फिर्ता आएकोले २०४१।८।१ को गोरखापत्रमा सो सम्बन्धी सूचना प्रकाशित गराइएको थियो । सो निर्णय उपर चित्तै नुबझी विपक्षी बसन्तप्रसादको निर्णय तथा यातायात मन्त्रालय पुनरावेदन परेकोमा आयोगबाट प्रदत्त सामान्य सिद्धान्त अनुसार उक्त संस्थानले गर्नु पर्ने कुरामा दुविधा परेको छैन सामान्य सिद्धान्त अनुसार निर्धारित सजायँ उपर कार्यविधि अनुसार स्पष्टिकरण लिने र त्यस उपर विचार गरी सजायँ दिनुपर्ने व्यवस्था भएकोले यसो