निर्णय नं. ३२५७ - जग्गामा टंटा चलन समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२५७ - जग्गामा टंटा चलन समेत भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/११/१८ २०५० निर्णय नं. ३२५७ ने.का.प. २०४४ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.इ.नम्बर ८६ मुद्दा : जग्गामा टंटा चलन समेत । निवेदक/वादी: जिल्ला बारा वैधनाथपुर गा.पं. वडा नं.६ बस्ने रेखा महतो कोइरी । विरुद्ध विपक्षी/प्रतिवादी:वैकुण्ठनाथ श्रेष्ठको मु.स. गर्ने ऐ.कलैया नगर पञ्चायत वडा नं. ६ बस्ने दिव्यनाथ श्रेष्ठ । फैसला भएको मिति: २०४४।११।१८।३ मा भोला नाथबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएपछि विवादित जग्गामा निजको हक टुटिसकेको मान्नु पर्ने हुन्छ । भोलानाथबाट बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा विवादित जग्गा नामसारी दर्ता गराई लिएको नभई अपुतालीको नाताबाट दर्ता गराई लिएको देखिँदा छोराको ठाउँमा बाबु दर्तावालाको रुपमा सम्म कायम हुन आएको मान्नु पर्ने हुन्छ, यस्तो स्थितिमा भोलानाथले रेखा महतोलाई मिति २०२४।८।२८ मा गरी दिएको लिखतको दायित्वबाट निज मुक्त हुनसक्ने अवस्था देखिन आउँदैन, भोलानाथ के हक टुटिसकेको जग्गाको बैकुण्ठनाथले गराई लिएको नामसारी दर्तालाई वैध नामसारी दर्ता मान्न नमिल्ने । (प्रकरण नं. १४) वादी जग्गा नामसारी गरिपाउँ भूमिप्रशासन कार्यालयमा गएको र भूमिप्रशासनले तेरो मेरोमा नालेश गर्न जानु भनी सुनाएपछि वादी नालेश गर्न आएको देखिएकैछ, यस स्थितिमा वादीको नामसारी बदर गरिपाउँ भन्ने फिरादलाई म्याद नाघी परेको मान्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालतको मिति २०४१।१।२२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको मुद्दाको मिसिल झिकी फुल बेञ्जबाट दोहर्‍याई हेरी कानुन बमोजिम गरी निर्णय गर्नु निवेदकलाई जनाउ दिनु भन्ने समेत मौसूफ सरकारका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमाड्डी बमोजिम यस अदालतको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. विपक्षीको छोरा भोलानाथ श्रेष्ठले मसँग रु. १,९४४।— लिई आफ्नो नामको भतौडा गाउँ पञ्चायत वडा नं. ७ को ज.वि.०–१८–० मिति २०२४।८।२८।५ मा बारा मालबाट राजीनामा गरी दिनु भएको थियो । उक्त लिखत बमोजिम दा.खा.गराउन सकेको थिएन । पछि धरौटी राखी जग्गा भोग गर्दै आएको थिएँ । पुरानो नियम अनुसार दा.खा.गराउन दातासँग मन्जूरनामा माग्दा गरी दिने छु भन्दै हुनुहुन्थ्यो । दैवगत मर्न गएकोले मैले भूमिप्रशासन कार्यालय, बारामा दा.खा. गरिपाउँ भनी दर्खास्त दिएकोमा भूमिप्रशासन कार्यालयबाट म्याद जारी गर्दा विपक्षीले जालझेल गरी जग्गा नदिने नियत गर्नु भएछ । सो कारणले गर्दा भूमिप्रशासन कार्यालय, बाराबाट जग्गा तेरो मेरो देखिएकोले निर्णय भइआएका बखत ठहरे बमोजिम हुने भनी मिति २०३४।१२।३ मा निर्णय गरी दिएकोले मेरो लिखत थैली र हाल उक्त जग्गा भतौडा गाउँ पञ्चायत वडा नं. ७ कि.नं. २३५ मा ०–८–१० कित्ता नं. २३८ मा ज.वि. ०–७–० कायम भएको जग्गामा मिति २०३४।११।१ मा मलाई जोत्न नदिएकोले ज.पं. को २(क) र ज.मि.को १८ नं. को म्