निर्णय नं. ३२६० - उत्प्रेषणको लगायतको रिट आज्ञा, आदेश वा पुर्जीजारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६० - उत्प्रेषणको लगायतको रिट आज्ञा, आदेश वा पुर्जीजारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/१३ २०९३ निर्णय नं. ३२६० ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १६४९ विषय : उत्प्रेषणको लगायतको रिट आज्ञा, आदेश वा पुर्जीजारी गरिपाउँ रिट/निवेदक: सप्तरी जिल्ला रायपुर गा.पं.. (नकटी रायपुर) वडा नं. ७ मौज रायपुर बस्ने बसन्ती यादव । विरुद्ध विपक्षी : श्री भू.सु. अधिकारी भू.सु. का सप्तरी जिल्ला अदालत राजविराज नगर पञ्चायत वडा नं. ३ बस्ने भरतप्रसाद साहू सोनार । ऐ.ऐ बस्ने नेवीन कुमार साहू सोनार । आदेश भएको मिति: २०४४।८।१३।१ मा पछि जग्गा अरुको नाममा सर्दैमा मोहियानीको कुरामा त्यसले कुनै असर पार्न नसक्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः श्री भूमि सुधार अधिकारीज्यूको मिति ०४३।४।१० को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. स्वर्गीय विहारी यादवको २ छोरा मध्ये जेठा म बसन्ती र कान्छा बासुदेव भएकोमा बासुदेवकै पालामा २०१३ साल वैशाख १ गतेदेखि दुवै दाजुभाई घरसारमा आ–आफ्नो अंश बाबुबाट लिई छुट्टिई भिन्न भएको, बासुदेवको आफ्नो अंश भागमा परेको जग्गा मध्ये अन्दाजी ०–७–० जग्गा विपक्षीको बाबु जामुन साह सोनारलाई राजीनामा गरी दिएको र बासुदेवले बिक्री गरेको सालदेखि नै उक्त जग्गा मोहियानीमा जोत्दै आएको छु । जामुन साहको मृत्युपछि विपक्षीले म बाट ०३६।०३७ र २०३८ सालको बाली बुझी मलाई बाली बुझेको भर्पाई दिनु भएको छ । मैले भू.सु. टोलीमा १ नं. फाराम भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. लिएको थिएँ । सर्भे हुँदाका बखत म गाउँ घरमा नभई भारतमा भएकोले फिल्डबुक को मोही महलमा मेरो नाम लेखिएन । उक्त जग्गा गा.पं. नकटी रायपुर वार्ड नं. ६ क को कि.नं. ११० मा ०–७–६ कायम भई नापनक्शा भयो । स्थानीय रायपुर गा.पं. को सिफारिश समेत लिई ३ नं. को मोहियानी प्रमाणपत्र पाउ भनी भू.सु.का. सप्तरीमा ०३९।१२।२ मा मैले निवेदन दिएकोमा बासुदेवबाट जग्गा खरीद गरेकोले मोहियानी हक पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवाद विपक्षीले गर्नु भयो । यसमा मालपोत कार्यालय सप्तरीको मिति ०४३।४।१० को पत्रबाट नकटी रामपुर वार्ड नं. ६ क.कि.नं. ११० को ०–७–६ जग्गा विपक्षीका नाममा कायम नै नरहेको भन्ने लेखी आएकोले विपक्षीको नाउँको जि.स.गा.पं.नकटी रायपुर वार्ड नं. ६ क.कि.नं. ११० को ज.वि.०–७–६ मा दावी पुग्दैन उजूरी खारेज हुने ठहर्छ भनी श्री अधिकारीज्यूबाट ०४३।४।१० मा आदेश गरियो जुन निर्णय त्रुटिपूर्ण छ । ३. भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनु भन्दा अघिनै जामुन साह सोनारले बासुदेवबाट जग्गा खरीद गर्नु भएको र मलाई मोहिमा जोत्न दिनु भएको थियो जुन कुरा १ नं. र २ नं. अनुसूची तथा ४ नं. जो.अ.नि. बाट प्रमाणित हुनु हुन्छ । २ नं. अनुसूची प्रकाशित भएको प्रमाण भू.सु.का.मा मौजूद छ । सर्भे फिल्डबुकको मोही महलमा मेरो नाम नलैख्दैमा मेरो मोहियानी हक समाप्त हुने होइन । विपक्षीले मलाई २०३६, २०३७ र २०३८ सालमा बाली बुझी भर्पाई दिनु भएको छ र जग्गा मेरो जोतमा छ । मे