निर्णय नं. ३२६१ - परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६१ - परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/१३ २०६६ निर्णय नं. ३२६१ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २२६८ विषय : परमादेश मिश्रित उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला कपिलवस्तू साविक तिलौराकोट गाउँ पञ्चायत हाल रामघाट गाउँ पञ्चायत वडा नं. ६ बस्ने पियारे लोनिया । विरुद्ध विपक्षी : ऐ. ऐ. वडा नं. ५ बस्ने काशिदेवी मिश्र । ऐ.ऐ सुठौली गा.पं. वडा नं. १ बस्ने विक्रम पाठक । भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय कपिलवस्तू । आदेश भएको मिति: २०४४।८।१३।१ मा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (ख) ले गैर नेपाली नागरिकलाई मोहियानी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. ९) नेपाली नागरिक नै नभएको अवस्थामा गैर नेपाली नागरिकले दाखिल गरेको १ नं. लगतले कानुनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा सो १ नं. अनुसूचीको आधारमा विवादित जग्गामा मोही कायम गरी ३ नं. स्थायी प्रमाणपत्र पाउनु पर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. १०) रिट, निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दार सरस प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट, विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारी प्रसाद सिंह उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. म निवेदकलाई विपक्षी मध्येका काशीदेवीको ससुरा विश्वम्भर नाथले निजको प्रति २ विगहा आवाद गर्न दिएकाले कमाई आएको कपिलवस्तु जिल्लामा भूमि सुधार लागू हुँदा त्यस अवस्थामा विश्वम्भरले आफ्नो केही जग्गा छोरा बुहारीको नाममा र केही जग्गा आफ्नो नातेदार विक्रम पाठकको नाममा कायम गरी दिएकाले निजहरूकै नाममा १ नं. लगत भरी ४ नं. जो.अ.नि. पाएका २ नं. अनुसूची प्रकाशित हुँदा कसैको उजूर नपरी विपक्षी काशीदेवीका नामको ज.वि. १–४–० र विपक्षी विक्रम पाठकका नामको १–०–० जग्गामा म निर्विवाद मोही भएको । सर्भेमा मालपारा गा.पं.वडा नं. ८ कि.नं. २७, २८ र २९ विक्रम पाठकका नाममा र कि.नं. ४० काशीदेवीका नाममा नापनक्शा भई ज.वि. १– १९–१८ कायम भएको छ । उक्त जग्गाको प्राप्त जो.अ.नि. बमोजिम ३ नं. स्थायी प्रमाणपत्र पाउँ भनी भूमि सुधार कार्यालय कपिलवस्तुमा निवेदन गरेकोमा विपक्षीहरूले प्रतिवाद गर्दा जग्गा कमाउन दिएको छैन मोही होइन भन्ने जिकिर लिनु भएको थियो । विपक्षी भूमि सुधार अधिकारीले ४ नं. जो.अ.नि.कै आधारमा प्रमाणपत्र दिनु पर्नेमा गैरकानुनी रुपमा सरजमीन बुझ्ने आदेश गरी सरजमीन बुझी रसीद कबूलियत पेश नगरेको सरजमीनमा पनि निवेदकको पक्षमा बहुमत नभएको भन्दै वादीको उजूरी खारेज हुने ठहर्‍याई २०४२।८।२० मा निर्णय दिनु भएको छ । भूमि सम्बधी नियमावली, २०२१ को नियम ९ को उपनियम (१) बमोजिम नियम ६ अनुसार प्रकाशित मोही लगतमा उजूर नपरी अकाट्य फाँटवारीको अधारमा मोहिलाई मोहियानी हकको ३ नं. स्थायी प्रमाणपत्र दिनु पर्ने बाध्यात्मक कानुनी प्रावधान छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २५(१) अन्तर्गत मोही कायम हुन नियमानुसारको मोही लगत नै प्रमाण लाग्नेमा दुईमत हुने होइन र निवेदकसँगको अकाट्य ४ नं. जो.अ.नि.लाई लिखत प्रमाणको