निर्णय नं. ३२६२ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२६२ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/१४ २०२३ निर्णय नं. ३२६२ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १८३१ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : जिल्ला बारा दहियार गा.पं. वडा नं. ४ बस्ने सजुग साहतेली । विरुद्ध विपक्षी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय बारा । जिल्ला वारा दहियार गाँउ पंचायत वडा नं.४ बस्ने वतकी तेलिन । ऐ.ऐ बस्ने दिप नारायण साह तेली । ऐ.ऐ बस्ने साहेब साह तेली । आदेश भएको मिति: २०४४।८।१४।२ मा एकजना भन्दा बढी व्यक्तिहरूका नाममा मोहियानी हक संयुक्त नामसारी हुनसक्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा, विद्वान अधिवक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. जिल्ला बारा दहियार गा.पं. वडा नं. ६ कि.नं. ३४३ को ज.वि. ०–५–१० जग्गाको मोही मेरो पति रामचरण साहतेली २०३६।७।१५ गते परलोक हुनुभएको छोरा दिपनारायण, साहेव साह बाहेक अरु कोही नहुँदा संयुक्त निवेदन गर्न आएको छौं भन्ने विपक्षीहरूको निवेदन परेकोमा उल्लिखित जग्गाको मोही स्वयं गणेश साह तेली भई निजले १ नं. लगत आदि भरेको यस कार्यालयमा छ । मोही रामचरण साह तेली नहुँदा निजलाई स्थायी वा अस्थायी कुनै पनि मोहियानी प्रमाणपत्र प्राप्त छैन । भिखु साहको जेठो छोरा मेरा पिताजी रामफल साह माहिला विपक्षीको पति रामचरण साह र कान्छो शिववरण साह हुन् । उल्लिखित जग्गा २०३८।४।९ को पारीत बण्डापत्र बमोजिम म सर्जुग साहको नाममा दर्ता भई म आफैंले जोती आएको छु मेरो प्रतिवाद भएकोमा वादीका पति तथा पिताका नाममा मोही दर्ता देखिएको दावी जग्गा जग्गाधनीले कुनै एक उपर पत्यार गरेको नदेखिँदा संयुक्त मोही नामसारी हुने ठहर्छ । मोही लगतमा जनाई वादीहरूका नाममा संयुक्त ३ नं. प्रमाणपत्र बनाई दिनु भन्ने विपक्षी भूमि सुधार अधिकारीबाट २०४३।५।२५ गते निर्णय भएको छ । ३. विपक्षीहरूका पति पिता रामचरण साह तेली मेरो उल्लिखित जग्गाको मोही होइनन् निजसँग मोहियानीका प्रमाणपत्र पनि छैन । नापीमा रामचरणले केवल फिल्डबुकमा भतिजा गणेश साह तेलीको नम्बरी मैले भोगी आएको भन्ने लेखाएका छन् यतिकै आधारमा नापी का समयमा सगोलमा रहेका परिवारको जग्गामा मोहियानी हक प्राप्त हुनसक्ने होइन । त्यसमा पनि यदि विपक्षीका पति पिता रामचरण मोही देखिएको स्थितिमा पनि जग्गावालाले पत्याएको कुनै लाई प्राप्त हुनसक्ने हो संयुक्त नामसारी हुने भनिएको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को त्रुटिपूर्ण भएको र त्यस्तो त्रुटीपूर्ण फैसलाबाट निवेदकको नेपालको संविधान, २०१९ को धारा १०(१),११(२)(ङ) र धारा १५ समेत द्वारा प्रदत्त मौलिक हक हनन भएकोले यो निवेदन गर्न आएको छु । अतः विपक्षी भूमि सुधार अधिकारीको उक्त २०४३।५।२५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत सर्जुग साह तेलीको रिट निवेदन । ४. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने एक न्यायाधीशको इजलासको मिति २०४३।७।११ गत