निर्णय नं. ८८७९ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८७९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०५/२४ ३७७४ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६६–WO–११९९ आदेश मितिः २०६९।५।२४।१ विषय : उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं. २०, रानीस्थित श्री दि जुद्ध म्याच फ्याक्ट्री (विराटनगर) लिमिटेडको तर्फबाट अख्तियारप्राप्त सुरेन्द्रलाल सुवाल विरुद्ध विपक्षी प्रत्यर्थीः श्रम अदालत समेत § कानूनद्वारा व्यवस्थित अधिकारको सम्बन्धमा व्यवस्थापन हस्तान्तरण भएकै नाताबाट वा व्यवस्थापन हस्तान्तरण गर्दा गरिएको करार कागजबाट उन्मुक्ति हुने अवस्था नरहने । (प्रकरण नं.७) § पाउनु पर्ने पारिश्रमिकलगायतका कानूनद्वारा निर्धारण सुविधाहरू माग गर्ने कानूनी अधिकार मजदुरमा रहेको तथा कम्पनीलाई कामदार आवश्यक नभएको भनी आफैले अवकाश नै दिइसकेपछि निजहरूलाई भुक्तान गर्नुपर्ने दायित्वबाट कुनै पनि बहानामा पन्छिन नमिल्ने । (प्रकरण नं.८) § श्रम ऐन, २०४८ को दफा ७९ को विषय कारखाना सञ्चालन हुँदाहुँदैको अवस्थामा विवाद सिर्जना भई विवाद समाधान गर्न भएको सम्झौतासँग सम्बन्धित रहेको र उक्त दफामा कामदार वा कर्मचारी तथा व्यवस्थापकको बीचमा उत्पन्न विवादको टुङ्गो लगाउन गरिएको सम्झौता सम्बन्धित पक्षको निमित्त कानूनसरह मानिने छ र सो सम्झौता श्रम कार्यालयमा दर्ता गर्नुपर्ने छ भन्ने उल्लेख भएको अवस्थामा सम्झौता विवाद नै नभई कारखाना सुचारु गर्ने सम्बन्धमा भएको स्वामित्व र व्यवस्थापनसम्बन्धी सम्झौता भएकोले नियमित रुपमा अवकाश पाएका कर्मचारीको हकमा सो सम्झौताको व्यवस्था लागू हुन नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता खम्मबहादुर खाती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता विनोदकुमार पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा ८, २५(१), ६०, ७९ § करार ऐन, २०५६ को दफा १३ आदेश न्या.प्रा.डा.भरतबहादुर कार्कीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ट्ठ– सलाई उद्योग पुनः सञ्चालन गर्नको लागि जीर्ण र रुग्ण अवस्थामा रहेको दि जुद्ध म्याच फ्याक्ट्री (विराटनगर) लिमिटेड उद्योगलाई जिवन्तता दिने मनसायले व्यवस्थापक, कामदार कर्मचारी समेतको पूर्ण सहयोगको भावनाले श्रम ऐन, २०४८ को दफा १५ बमोजिम कामदार कर्मचारीहरू अवकाश प्राप्त गर्ने अवस्थामा श्रम नियमावली, २०५० को नियम २३ बमोजिम उपदान शीर्षकमा प्राप्त गर्नुपर्ने रकम एकमुष्ट भुक्तानी गर्न सक्ने अवस्था कम्पनीको नभएकोले मिति २०६१।१०।२७ को सम्झौताको बुँदा नं. ५ मा अनुदानबापत प्राप्त गर्ने एकमुष्ट रकमलाई कामदार कर्मचारीले बहाल रहेको अवस्थामा खाईपाई आएको पारिश्रमिकको २० प्रतिशत रकम निजको सम्पूर्ण हिसाब चुक्ता नहुञ्जेलसम्मको लागि ३ वर्षभित्र भुक्तानी गर्ने सम्झौता भएको र यस कम्पनीले अन्य बाँकी हिसाब किताब निजहरूलाई दिनुपर्ने अवस्था समेत नभए नरहेको प्रष्ट छ । विपक्षीहरू मध्ये कामदारहरूले प्राप्त गर्नुपर्ने रकमसहित बुँदा नं. ५ मा उल्लेख भई सम्झौताबमोजिम दुवै पक्षले अक्षरसः पालन गर्ने सम्झौता र सहमति विपरीत विपक्षीहरूले पारिश्रमिक सेवा सुविधा जे जुन प्राप्त गर्नुपर्ने हो सो समेत प्राप्त गरी सके