निर्णय नं. ३२६३ - परमादेश मिश्रित उत्प्रेषण लयायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२६३ - परमादेश मिश्रित उत्प्रेषण लयायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२० २०८२ निर्णय नं. ३२६३ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २३७३ विषय : परमादेश मिश्रित उत्प्रेषण लयायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : सप्तरी जि.जमुनी मधेपुर गा.पं. वा.नं. ९ बस्ने देव नारायण यादव । विरुद्ध विपक्षी : सप्तरी जि.वथयनाहा गा.पं. वा.नं. १ बस्ने अनिल प्रसाद यादव । ऐ वालापट्टी गा.पं. वा.नं.२ बस्ने जगदिश यादव । भूमि सुधार कार्यालय सप्तरी श्री भूमि सुधार अधिकारी । आदेश भएको मिति: २०४४।८।२०।१ मा अदालतमा परेको कबूलियत जालसाजी मुद्दालाई नपर्खी सर्वोच्च अदालतबाट जारी भएको परमादेश अनुसार कबूलियतको सम्बन्धमा अ.बं. ७८ नं. अनुसारको प्रकृया पूरा नगरी प्रत्यर्थी भू.सु. कार्यालयले रिट निवेदकको उजूरी खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवान्ददास सरस प्रत्यर्थी तर्फबाट:विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट, विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षीहरू मध्ये जगदीश यादव गाउँ दर्ताको जिल्ला सप्तरी जुमनी मधेपुरा गा.प.वा.नं. ८(क) कि.नं. २७० को ०–१५–० जग्गा मलाई २०३३ साल देखि वटैया मोहिमा कमाउन दिनु भएको, मलाई बैधानिक मोहियानी हक प्रदान गर्न २०३९।२।५ गतेदेखि दोहरी कबूलियत गरी गराई दुवै पक्षले लियौं दियौं र स्थानीय पञ्चायतमा दाखिल गर्ने प्रति जग्गाधनीको वतन टाढा भएको र जग्गा भएको पञ्चायतमा दाखिल गरी दिन तेश्रो प्रति कबूलियत मलाई दिनु भएबाट द.नं. १५ मिति ०३९।३।२५ मा जमूनी मधेपुरा गा.पं. मा दाखिल गरी निस्सा समेत गा.पं.बाट मलाई दिएको थियो २०३९।८।२८ मा विपक्षी जगदिश यादवले विपक्षी अनिलप्रसादलाई मेरो मोहियानी हक नदेखाई बिक्री गरी दिनु भएको कुरा मलाई मौकामा जानकारी नदिएकोले थाहा पाइन । पछि ०४० सालको खेती गर्ने अवस्थामा अनिलप्रसादले खनजोत गर्छु भनी आएबाट जग्गा मैले नै कमाई मेरो मोहियानी हक कायम गराउन विपक्षी अधिकारीज्यू समक्ष ०४०।३।२८ मा उजूरी गरेकोमा मलाई मोहियानी हकको स्थायी प्रमाणपत्र दिने गरी अधिकारीज्यूबाट ०४०।११।२९ मा निर्णय भएको । यो निर्णय हुनुभन्दा अघिनै मुद्दाको कारवाही नै रहेकै दौरानमा मेरो मोहियानी हक भएको उपरोक्त जग्गा ०४०।८।२७ मा अनिलप्रसादले वैआलाल यादव १ गंगाप्रसाद यादव १ र बुधन यादवलाई बिक्री गरेको र अनिलप्रसाद तथा ती नयाँ जग्गाधनी समेतको तर्फबाट ०४० सालको रिट नं. २०८० को निवेदन पर्दा कबूलियत सम्बन्धमा अ.बं. ७८ नं. को प्रकृया नअपनाई भू.सु.का.बाट भएको निर्णयलाई बदर गरी पुनः सर्वोच्च अदालतबाट परमादेशको आदेश जारी भएको थियो । सर्वोच्च अदालतबाट जारी भएको आदेश बमोजिमको प्रकृया नअपनाई जालसाजी मुद्दाको अदालती निर्णयको लागि नपर्खी विपक्षी अधिकारीज्यूले जग्गामा हकदैया पुग्ने हाल जग्गाधनी गंगाप्रसाद, बुधन यादव र वौआलाल समेत कसैलाई नबुझी मेरो मोहियानी हक अपहरण गर्ने गरी मेरो उजूरी खारेज गर्ने ठहर्याई ०४२।१२।१० म