निर्णय नं. ३२६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२० २१०० निर्णय नं. ३२६४ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २५३५ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। रिट/निवेदीका:मोरङ जिल्ला डग्राहा गा.पं. वा.नं. ४ बस्ने कुलमती थरुनी । विरुद्ध विपक्षी : भू.सु.का. मोरङको भू.सु. अधिकारी श्री ऋषिराम न्यौपाने । मोरङ जिल्ला डग्राहा गा.पं. वार्ड नं. ५ बस्ने टुक्सी देवी थरुनी । आदेश भएको मिति: २०४४।८।२०।१ मा जग्गावालालाई मोही रोजाउने कार्यविधि नअपनाई मोही नामसारी गर्ने निर्णय गरेको पाइन्छ, त्यसरी ऐनले निर्दिष्ट गरे अनुसारको मोही रोजाउने कार्यविधि पुरा नगरी रिट निवेदकको जग्गाको हकमा सम्म मोही नामसारी गर्ने गरेको हदसम्मको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जित बहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय मोरङको मिति २०४२।१०।२३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. जिल्ला मोरङ डग्राहा गा.पं.वडा नं. ४(क) स्थित कि.नं. ३५, ३७, ८८, १०८ को जग्गाको स्वामित्व म मा निहित छ र जग्गाधनी प्रमाण पूर्जा पाएको छु । उपरोक्त जग्गाहरू मोहीको हैसियतले बतरुखां थारुले जोती आउनु भएकोमा निजको मृत्यु पश्चात निजका परिवार समेतले जोत कमोद गरी बाली बुझाउन इन्कार गर्नु भएको हुँदा २०२६ सालपछि म आफैंले आफ्नो जग्गा जोती भोगी आएको छु । २०३० सालमा जोताहाका श्रीमती कुलमती थरुनीले उल्लिखित जग्गा कमाउन नसकिने व्यहोरा भनेको हुँदा निर्विकल्प रुपमा मैले नै कमाई आएको छु । विपक्षी टुक्सीदेवी थरुनीले म बतरुखाँकी श्रमिती हुँदा पतिले कमाई आउनु भएको उक्त जग्गाको मोही नामसारी गरिपाउँ भनी भू.सु.का. मोरङमा निवेदन गर्नु भएको रहेछ । उल्लिखित जग्गाहरू मोही बतरुखाँ थारु भएकोमा स्वीकार गर्नु भएको र वादीले जग्गा नजोतेकोमा प्रतिवादीले कानुनी प्रमाण पेश गर्न नसकेको भन्ने आधारबाट भूमि सुधार कार्यालय मोरङका भूमि सुधार अधिकारी ऋषिराम न्यौपानेले मिति २०४२।१०।२३ मा निर्णय गर्नु भयो जुन निर्णय पूर्णतः गैरकानुनी छ । ३. बरुत खाँको मृत्युपछि विपक्षी टुक्सीदेवी एवं निजको परिवारले उल्लिखित जग्गा जोत्नु भएको छैन । यदि विपक्षीले जग्गा जोतेको भए म जग्गाधनीलाई सालसालैको बाली बुझाई भू.सं.ऐनको दफा ३४(२) बमोजिम भर्पाई प्राप्त भएको हुनु अनिवार्य छ तर निजले सो भर्पाई पेश गर्न सक्नु भएको छैन । पतिको निधनपछि २०२६ सालदेखि नै जग्गा विपक्षीले कमाउन छाडी मैले नै जोतेको तथ्यलाई २०४२।२।१७ गतेको सरजमीनले पुष्टी गरेको छ । सरजमीन समेत गरी गा.पं. डंग्राहाले मोही नामसारी सिफारिश गरेको भन्ने जुन अधार भू.सु.का. को निर्णयमा व्यक्त गरिएको छ त्यो तथा कथित सरजमीनमा मलाई उपस्थित नै नगराइएको हुँदा त्यस्को कानुनी मान्यता नरहने निर्विवाद छ । भूमिसम्बन्धी ऐन, २०२१को दफा २६(१) बमोजिम विपक्षी र निजको छोरा मध्ये पत्याएको व्यक्तिलाई मोही रोज्न पाउने हक अधिकार