निर्णय नं. ३२६५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२७ २०५१ निर्णय नं. ३२६५ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको रि.नं. १४९३ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : दुहवी सोनापुर (सुनसरी) स्थित पशुपति सोप इण्डष्ट्रिन प्रा.लि. रजिष्टर्ड कार्यालय । विरुद्ध विपक्षी :श्री बिक्री कर फर्छ्र्योट आयोग मुकाम कर विभाग लाजिम्पाट काठमाडौं । श्री कर कार्यालय धरान,सुनसरी । आदेश भएको मिति:२०४४।८।२७ मा मालबस्तुको चलानी खर्च पनि बस्तुको मूल्यमा समावेश भएको मान्नु पर्ने हुन्छ त्यसरी बिक्री मूल्यमा परेको चलानी खर्चमा बिक्रीकर लगाउन नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ९) बिक्रीकर फर्छ्र्योट आयोग बक्यौता बाँकी रहेको बिक्रीकर फर्छ्र्योट गर्नका लागि श्री ५ को सरकार अर्थमन्त्रालयबाट मिति ०४०।१०।९ को नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन भएको देखिन्छ, सो आयोगलाई कर फर्छ्र्योट ऐन, २०३३ को दफा ६ ले कर सम्बन्धमा कारवाही गर्दा श्री ५ को सरकार कर विभाग, महानिर्देशक र कर अधिकृतलाई भएको सबै अधिकार प्रयोग गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ, जसबाट बिक्रीकर ऐन, २०२३ को दफा ११ अन्तर्गत न्यायोचित तरिकाबाट उक्त दफा ११ को उपदफा (१) को देहाय (क) देखि (घ) सम्मका कुराहरूलाई ध्यानमा राखी र कर छल्ने नियतले झुठ्ठा विवरण वा फाँटवारी दाखिल गर्ने विक्रेताको हकमा सो दफा ११ को उपदफा (२) बमोजिम बिक्रीकर निर्धारण गर्न सक्ने । (प्रकरण नं. ९) कर अधिकृतबाट छुट्टा छुट्टै सालका लागि छुट्टा छुट्टै बिक्रीकर रकम निर्धारण गरी सूचना दिएको देखिएबाट, जिकिर युक्तिसंगत नदेखिने । (प्रकरण नं. १०) बिक्री कर फर्छ्र्योट आयोगमा पेश भएको फाइलहरू शुरुवात वा नयाँ कारवाही नभई सोही पहिलेकै कारवाही जारी भएको हुँदा कर अधिकृतले सम्पन गरी सकेको कार्यविधि पुनः अपनाउनु पर्ने भन्ने न्यायसंगत नदेखिँदा प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय गरेको भन्न नमिल्ने। (प्रकरण नं. १०) रिट, निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाट: विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. निवेदकको उद्योग, कम्पनी ऐन, २०२१ बमोजिम उद्योग विभागमा दर्ता भई प्रमाणपत्र प्राप्त गरी विपक्षी कर कार्यालय धरानमा समेत दर्ता भई मिति ०३६।६।४ मा विक्रेताको प्रमाणपत्र समेत प्राप्त गरी ०३६।९।२४ गतेदेखि उक्त उद्योग सञ्चालन गरिआएको छु । उक्त उद्योगबाट उत्पादित साबुन विभिन्न डिलरहरूलाई बिक्री गरी बिल समेत राखी बिक्री मूल्य समेत खुलाई महिना महिनाको मास्केवारी विवरण समेत भरी विपक्षी कर कार्यालयमा पेश गरी सो कार्यालयमा बिक्रीकर रकम दाखिल गर्दै आएको थिएँ । यस्तैमा विपक्षी कर कार्यालय धरानको मिति ०४१।४।३२ को बिक्रीकर निर्धारण आदेश मिति ०४१।५।२५ मा प्राप्त हुन आएको र सो आदेशमा आ.ब. ०३६।३७ मा दाखिल गर्नु पर्ने जम्मा बिक्रीकर रु. २,६८,६२९।८९ दाखिल भइसकेको जम्मा बिक्रीकर रु., २,६१,३३७।२८ दाखिल भइसकेको जम्मा बिक्रीकर रु. ७,२९२।६१ भन्ने उल्लेख भई सो निर्धारण आदेशमा बि