निर्णय नं. ३२६६ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६६ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०९/३० २३२७ निर्णय नं. ३२६६ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १८७९ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जिल्ला कपिलवस्तु खुरुहुरिया गा.पं. वडा नं. ६ बस्ने सतीदेवी कुर्मी । विरुद्ध विपक्षी : श्री भू.सु.अधिकारी भू.सु. कार्यालय, कपिलवस्तु, तौलिहवा । जिल्ला कपिलवस्तू खुरहुरिया गाउँ पंचायत वडा नं. ३ बस्ने आगा खां । आदेश भएको मिति: २०४४।९।३०।५ मा भूमि सुधार अधिकारीलाई स्थानीय समितिबाट निर्धारित मुख्य वार्षिक उब्जनी बालीको औसतको आधारमा कूत तोक्न पाउने अधिकार सुम्पेको देखिएको हुँदा अधिकार प्राप्त अधिकारीले कानुनद्वारा प्रदत्त अधिकार क्षेत्र रही मोहीले जग्गाधनीलाई तिर्नु पर्ने वार्षिक कूतको अंक तोकेकोलाई अन्यथा भन्न सकिने नहुँदा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु सिग्देल प्रत्यर्थी तर्फबाट:विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षी मध्येका आगा खाँ जग्गाधनी म निवेदक मोही भएको जिल्ला कपिलवस्तु खुरुहुरिया गाउँ पञ्चायत वडा नं. ६ को कि.नं. १२४, ३३५, ३४८, १६४, १७४, १९५ समेत गरी भिन्दाभिन्दै किसिम भएको जग्गा विगहा २।५।१८ जग्गा दुवापाचा कूत बटाई शर्तमा भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनु भन्दा पहिला देखि कमाई आई सो ऐन नियम लागू भएपछि मोहियानी हकको प्रमाणपत्र पाई सालसालै बटैया शर्त बमोजिम बटाई लिनु दिनु गरी दोहोरी भर्पाई रसीद समेत गरी आएको छु । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३(ग) को प्रयोजनको लागि मैले कमाएको उक्त जग्गा लगायतका अन्य जग्गा समेतको मुख्य वार्षिक उब्जनी बालीको औसत निर्धारण गर्न मिति २०४१।२।२९ को राजपत्रमा प्रकाशित श्री भूमि सुधार मन्त्रालयको सूचना अनुसार सम्बन्धित पञ्चायतको स्थानीय समितिलाई तोकेको र सो समितिबाट निर्धारित भएको मुख्य वार्षिक उब्जनी बालीको औसतको आधारमा कूत तोक्नको लागि मिति २०४१।१२।१९ गतेको राजपत्रमा प्रकाशित सोही मन्त्रालयको सूचना अनुसार सम्बन्धित जिल्लाको विपक्षी भूमि सुधार अधिकारीलाई अधिकार सुम्पेको छ । सम्बन्धित पञ्चायतले गर्नु पर्ने काम विपक्षी कार्यालयले खटाएको डोरबाट उक्त कि.नं. जग्गाको औसत निर्धारण गरी कूत समेत तोकि दिएकोले सो डोरले निर्धारण गरेको औसत कानुन विपरीत तथा अन्यायोचित र सो जग्गामा हुने वार्षिक उब्जनी बाली भन्दा धेरै बढी समेत भएकोले मिति २०४२।११।२७ मा भएको उब्जनी मुचुल्का तथा सो भन्दा पहिलाको सालसालमा दोहरी भर्पाई गरी बुझाएको कूत समेतको आधारमा औसत कायम गरी कूत समेत तोकी पाउँ भनी म लगायतका अन्य मोही समेतले विपक्षी कार्यालयमा भिन्दाभिन्दै उजूरी निवेदन गरेका थियौं । स्थानीय समितिले बालीको औसत अंक निर्धारण गरेको, मोहीले कम र ज.ध.ले बढी उब्जनी हुन्छ भनेका, के कति उब्जनी हुन्छ भनी दुवै पक्षले प्रमाण पेश गर्न नसकेका स्थानीय समितिले निर्धारण गरेको औसत र क