निर्णय नं. ३२६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२६७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०३/२६ १९८४ निर्णय नं. ३२६७ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४४ सालको फौ. साधक नं. १५१ मुद्दा : कर्तव्य ज्यान । वादी: आनन्द कुमार लिम्बूको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी:जि.झापा माहानी झोडा गा.पं. वार्ड नं.१ घर भै हाल झापा कारागारमा कैदमा बसेको चन्द्र हाङ्ग लिम्बू । ऐ.ऐ बस्ने हर्कमाया लिम्बुनी । फैसला भएको मिति: २०४४।३।२६।६ मा जन्म दिने बाबु जस्तो हिन्दू धर्ममा सर्वोपरी मान्य नाताका पूज्य महान चिजलाई घातक जोखिमी हतियार प्रयोग गरी मार्नसम्मको जघन्य अपराध गर्ने अभियुक्तलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने गरी गरेको साधक जाहेरी फैसला मिलेको देखिने । (प्रकरण नं. १३) वादी तर्फबाटःX प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।७।३ को फैसला बमोजिम साधकको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. २०४०।१२।२ गते अंशको कुरामा रिसाई रहेका दाजु चन्द्रहाङ भाउजू हर्कमाया समेतले बाबु खड्ग बहादुरलाई भाउजूले समाउने, दाजुले खुकुरीले काट्ने गरी काटे, बाबु भूइँमा लड्नु भयो, पक्राउ गर्न खोज्दा भागे । उपचार गर्न ल्याउँदा ल्याउदै बाटैमा बाबुको मृत्यु भयो । अभियुक्तहरूलाई पक्राउ गरी सजायँ गरिपाउँ भन्ने समेत आनन्द कुमारको जाहेरी । ३. मृतक खड्ग बहादुरको दाहिने हातको काखी मुनी, सोही हातको पछाडि पाता देखि दाहिने दुधको सिधा माथिसम्म लाग्ने जोखिमी हतियारले काटेको आलो घाउ, सो घाउँबाट प्रशस्त रगत बगेको भन्ने समेतको लाश जाँच प्रकृति मुचुल्का । ४. बाबु खड्ग बहादुरसँग अंश विषयमा झगडा भई रहन्थ्यो । २०४०।१२।२ गते ६–७ बजेको समयमा मैले प्रहार गरेको खुकुरीको चोटबाट बाबुको मृत्यु भएको हो । घटना घटेको ४–५ दिन अगाडि बाबुले सोही कुरा निकाली मेरो श्रीमती डिल्ली दमार्ईसँग लागेको भनी बेइज्जती र लान्छना लगाउनु हुँदा मैले बाबुलाई यसरी बेइज्जत नगर्नु होस भन्दा मलाई हिर्काउनु भयो र मैले पनि २–४ थप्पड हिर्काएको थिएँ । यसरी कचकच गर्दा यस बुढालाई नमारी हुँदैन भनी श्रीमतीले र मैले अठोट गर्यौं र २०४०।१२।२ गते बाबु बेलुकी घर आइपुग्नासाथ डिल्ली दमाईको र अंशको कुरा निकाली कचकच गर्न थाल्दा हाम्रो झगडा हुन थाल्यो बाबुले एउटा खुकुरी टिपी मलाई हान्न खोज्नु भयो । मैले सो खुकुरी खोसी बाबुलाई दुई खेप हाँने चोट दाहिने हातको काखी मुनी र ढाडमा लाग्यो त्यसपछि बाबु रगतपक्ष भई भूइँमा लड्नु भयो र म खुकुरी लिई भागें भन्ने समेत प्र.चन्द्रहाङ लिम्बूले प्रहरीमा गरेको कागज । ५. अभियुक्त चन्द्रहाङले खड्ग बहादुरलाई काटी फालेको खुकुरी बरामद गरी दाखिला गरेको बरामदी मुचुल्का । ६. २०४०।१२।२ गते ससूरा खाना खान लाग्दा जेठाज्यू चन्द्रहाङ आई खुकुरीले हान्नु भई भागी गए भन्ने समेत जाहेरवालाकी श्रीमतीको भनाई र खाना खाँदा छोरा चन्द्रहाङ कताबाट आई पतिलाई काटेछ ट्याक्क गरेको आवाज सुनी बाहिर निस्किदा २ चोटी काटी सकेको रहेछ हामीले खुकुरी खोस्यौं । निज भागी बेपत्ता भयो, पतिलाई उपचारको लागि लाँदालादैँ बाटैमा मृत्यु भयो भन्ने समेत मृतकको श्रीमतीको भनाई र जाहेरवालाको दाजु चन्द्रहाङले खड्ग बहादुरलाई काट्यो भन्ने हल्ला सुनी आउँदा घाइतेलाई उपचारको लागि अस्पतालतर