निर्णय नं. ३२६८ - नकवजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२६८ - नकवजनी चोरी भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०३/२८ २५०० निर्णय नं. ३२६८ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ४५७ मुद्दा : नकवजनी चोरी । पुनरावेदक/प्रतिवादी: जि.रौतहट झाझ दक्षिण झुन खूनवा गा.पं. वा.नं. ४ बस्ने विदेशी राय यादव । विरुद्ध विपक्षी/वादी: जय नारायण साहको जाहेरीले वादी श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।३।२८।१ मा प्रहरीको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको नदेखिँदा सो सावितीलाई प्रमाणमा लिई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।४।२३।५ को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनको सिलसिलामा पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. २०३५।३।२० गते राती निदाएको अवस्था करिब १२ बजेको समयमा चोर आई सेन काटी सकेको रहेछ । हातमा टर्च लिई हेर्दा घरको उत्तर तिरको सेन खनिएकै ठाउँमा एकजना बसेको देखि किन बसेको भन्दै उसतर्फ गइरहेकोमा मेरो घरबाट २ जना आ–आफ्नो हातमा टीनको पेटी थान २ लिई बाहिर निस्केपछि फेरि टर्च बाली हेर्दा जगरनाथ साह तेली र विदेशी राय यादव, महेन्द्र राय यादव समेत ३ जनालाई चिनें कराउँदा भागी गएँ करिब बिगो रु. ७१७१।– को धनमाल चोरी गरी लगेकोले पक्राउ गरी धनमाल दिलाई चोरीमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवालाको घरमा ३ जना भई चोरी गरी एउटा पेटी पनि ल्याएको थियो त्यसमा के के थियो थाहा छैन । त्यो महेन्द्र राय यादवको साथमा हुँदा हिस्सा पनि पाएको छैन भन्ने समेत व्यहोराको विदेशी राय यादवको साविती कागज । ४. घटना भएको दिन अभियुक्तहरूलाई टर्चको उज्यालोमा चिन्ही लखेट्दा पनि पक्राउ हुन सकेन भागी गए निजहरूले नै चोरी गरेका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. विदेशी राय यादवको साविती कागज सरजमीनका शखिचन साह र शुकदेव शाहले लखेट्दै जाँदा चिन्हेको भनी किटानी उजूर गरेको र धनमाल चोरी लगेको सिद्ध हुन आएकोले मुलुकी ऐन चोरीको १४ नं. को देहाय १ बमोजिम सजायँ तथा कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ६. प्रहरीमा राजिखुसीले बयान गरेको होइन । जाहेरवालाको घरमा चोरी गरेको छैनौं भन्ने समेत व्यहोराको प्रतिवादीहरूले अदालतमा पृथक पृथक गरेको बयान । ७. विदेशी राय यादव पहिलोपटक नकवजनी चोरी गरेको ठहर्छ र महेन्द्र राय यादव र जगरनाथ साह तेलीलाई सफाई दिने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको फैसला । ८. रौतहट जिल्ला अदालतको फैसलामा चित्त बुझेन । बदर गरी झुठ्ठा प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउँ भने समेत व्यहोराको प्र.विदेशी राय यादवको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र । ९. विदेशी राय यादव अदालतमा इन्कार भए तापनि अधिकार प्राप्त अधिकारीको समक्ष कसूरमा साविती र निजको साविती बयान सरजमीनका शुकदेव साह तेली, सरवीचन तेली, समेतको बकपत्रबाट समर्थित हुन आएबाट प्रहरी प्रतिवेदन दावी बमोजिम नकवजनी चोरीको कसूर गरेको ठहर्‍याएको रौतहट जिल्ला अदालतको इन्साफ