निर्णय नं. ३२६९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२६९ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/०८ २३३८ निर्णय नं. ३२६९ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. २१२८ विषय : उत्प्रेषण । निवेदक : जि.सिन्धुपाल्चोक नवलपुर गा.पं.वार्ड नं. ३ घर भई जिल्ला कार्यालय भक्तपुरमा कार्यरत ना.सु. श्री सूर्यदाश श्रेष्ठ । विरुद्ध विपक्षी :श्री वागमती अञ्चलाधीशको कार्यालय, रानीपोखरी, काठमाडौं । सहायक अंचलाधीश श्री दामोदर प्रसाद उपाध्याय वागमती अंचलाधीशको कार्यालय,काठमाडौं। सहायक अंचलाधीश श्री राजकुमार दास कक्षपती वागमती अंचलाधीशको कार्यालय,काठमाडौं। का.जि.का.न.पं. वार्ड नं.१३ कालिमाटी बस्ने मुकुन्द श्रेष्ठ । ऐ.ऐ बस्ने अम्बिका देवी श्रेष्ठ । आदेश भएको मिति: २०४४।७।८।१ मा वास्तविकता बुझ्नसम्म बोलावट गरेको सम्म हो भनी उल्लेख भइआएको निवेदकको हक हितमा कुनै असर पर्ने गरी कुनै कार्य भए गरेको देखिन नआएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता रहे भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६) विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा निवेदक तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः निवेदकका छोरा रमेशकुमार श्रेष्ठले कमलादेवी साख कर्मीलाई ऋण बापत छोरासँग रु १८,०००।– समेत काम परेको समयमा लिएको भ.पु.जि. नाखेल गा.पं. वार्ड नं. १(क) कि.नं. १०५३ जग्गा क्षेत्रफल १–७–० मिति २०३९।९।२७ मा बकसपत्र प्राप्त गरेका रहेछन् कमलादेवीले बकसपत्र लिई सकेपछि आवश्यक सहयोग छोरा रमेश कुमारले गरी आएका छन् । भन्ने बुझेको छु । ४–५ वर्ष पछाडि प्रत्यर्थी मुकुन्द श्रेष्ठले प्रत्यर्थी अम्बिका श्रेष्ठका नामबाट निवेदन दिनु भएको रहेछ फकाई फुलाई जग्गा लिएको बिक्री वितरण गर्न लगाएको खान लाउन नदिएको भन्ने आरोप म उपर लगाउनु भएको रहेछ । निवेदन कागजातको नक्कल मलाई नदिएको नक्कल सार्न निवेदन दर्ता गरी कागजात पेश गर्न सकेको छैन प्रत्यर्थी कार्यालयबाट कागजात झिकाई आउँदा मेरो नियुक्त हुने कानुन व्यवसायीले बहस गर्ने हुँदा निवेदनपत्रको अभिन्न अंक मानि पाउँ । प्रत्यर्थी अञ्चलाधीश कार्यालयबाट मलाई उपस्थित हुन दिएको पत्रको प्रतिलिपी यसैसाथ समाविष्ट गरेको छु । प्रकरण ३ मा उल्लेख व्यहोरासँग साक्षात्कार भएको छु आफू उपर लगाएको आरोप सम्पूर्ण निराधार हो भनी प्रतिवाद गरे निवेदकको छोराले कमलादेवीबाट लिएको जग्गा फिर्ता गर्ने र तारेख टुट्न सक्ने एकतर्फी दवाब निर्णयमा अंकित तथ्यको अभिव्यक्ति प्रत्यर्थी सहायक अञ्चलाधीशज्यूले गर्नु भयो जग्गा पारीत गरी लिएको कुनै विवाद देखिँदैन निज मुकुन्द कमलादेवीको हकवाला होइनन् प्रत्यर्थीको सम्पूर्ण काम कारवाही बदरभागी छ मेरो सरोकार संलग्न नभएको मलाई प्रत्यर्थीले गैरकानुनी रुपले तारेखमा राख्ने कारवाही गर्ने गरी आएको स्वतः सिद्ध छ । अम्बिका श्रेष्ठ कमलादेवीको छोरी हुन् के कसरी अम्बिकादेवी बसेकी छन् भन्ने सम्बन्धमा मलाई कुनै सरोकार छैन संविधानको धारा १६।७१ अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गराई माग्न आएको छु । निवेदकलाई तारेखमा राखी गरेको सम्पूर्ण कारवाही निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुकुन्द श्रेष्ठको निवेदनको आधारमा निवेदक उपर कुनै काम कारवाही नगर्नु भन्ने प्रतिषेधको आदेश प्रत्यर्थी अञ्चलाधीशको नाउँमा ज