निर्णय नं. ३२७१ - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२७१ - बन्दी प्रत्यक्षीकरण भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/३० २८८९ निर्णय नं. ३२७१ ने.का.प. २०४४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट नम्बर २४८६ विषय : बन्दी प्रत्यक्षीकरण । रिट/निवेदक:संघीय गणतन्त्र जर्मनी घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको पासपोर्ट नं. ७११३९८६ को इल्मिरा सिल्डर । विरुद्ध विपक्षी : श्री प्रमुख भन्सार अधिकृत त्रिभुवन विमानस्थल भन्सार कार्यालय । केन्द्रीय कारागार कार्यालय,काठमाडौं । श्री ५ को सरकार अर्थ मन्त्रालय । आदेश भएको मिति:२०४४।७।३०।२ मा अधिकार प्राप्त अधिकारीले कानुनको परिधि भित्र रही गरेको कानुन बमोजिमको निर्णय फैसलामा निवेदीकाको विधानयुक्त मौलिक हक समेतको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. ७) निवेदीका तर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्र कोईराला उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. निवेदीका केही विदेशी मित्रहरूका साथ दक्षिण पूर्व एशियामा विभिन्न देशहरूको पर्यटन भ्रमण गर्ने सिलसिलामा ज.ग.चीनको स्वसाशित क्षेत्र तिब्बत हुँदै नेपालको उत्तरी सीमा तातोपानी भन्सार क्षेत्रबाट मिति २०४३।४।२५ का दिन नेपाल प्रवेश गरेको थिएँ । सोही ठाउँको प्रसिद्ध तातोपानी भन्ने ठाउँमा नुहाउन भनी हामीहरू गएको र म समेतले हात मुख धोई रहेका बखतमा २ जना आई म समेतलाई उनीहरूका साथ आउन भने र हामी पछि पछि लाग्यौं । एउटा नीलो हो वा कालो झोला देखाउँदै यो तिमीहरूको सामान मध्येको हो भनी सोधे मैले होइन भनी जवाफ दिएँ । पछि उनीहरू फर्की गएका थिए । तर पछि भन्सार कार्यालयमा ल्याई उक्त व्याग देखाई म समेतका व्यक्तिहरूलाई पक्राउ गरी प्रत्यर्थी मध्येको त्रि.वि. भन्सार कार्यालयमा दाखिल गरी बयान दिन भन्दा मेरो प्रतिनिधिको रोहवरमा मात्र बयान गर्छु भनी भने तापनि बयान दिन पटकपटक कर लगाइएबाट अन्त्यमा केही नलागेपछि म निर्दोष छु मेरो ब्याग पनि होइन भन्दै अभियोगका सम्बन्धमा पूर्ण इन्कारी बयान गरेको छु । त्यसरी इन्कारी बयान दिंदै पनि प्रत्यर्थी भन्सार अधिकृतले पक्राउ परेको भनिएको ५४ किलो ३२९ ग्राम सुनको दामासाहीले हिसाब गरी म निवेदीकाले १० किलो ८६५ ग्राम चोरी पैठारी गरेको भन्ने अपराधमा भन्सार ऐन, २०१९ को दफा ३४(च)(क) अन्तर्गत जफत गरी बिगो बमोजिमको जरिवाना बापत रु. ३६,५१,१२७।– जरिवान गर्दै तिर्न नसकेकोले मुलुकी ऐन दण्ड सजायको महलको ३८(३) अनुसार मिति २०४३।४।२५ देखि २०४५।४।२४ साल २ वर्षको कैद ठेकी कैदमा राख्ने आदेश मिति २०४३।६।२३ मा दिनु भए अनुसार थुनामा बसेको छु । विपक्षी प्रमुख भन्सार अधिकृत समेतले गर्नु भएको काम कारवाही कानुनी प्रमाण शुन्य अधिकार क्षेत्र विहिन छ । मिति २०४३।४।२५ को तातो पानी भन्सार कार्यालयले खडा गरेको कथाकथित बरामदी मुचुल्का शुरुको व्यहोराबाट नै एक व्यक्तिले आफूले बोकेको रहेको झोला फाली हिडेको व्यक्तिलाई पकडाउ गरी निजकै अगाडि खानतलासी गर्दा ५१ किलो सुन बरामद भएको भन्ने व्यहोराको छ । उक्त मुचुल्कामा मेरो समेत हस्ताक्षर छैन । प्रत्यर्थी प्रमुख भन्सार अधिकृत समक्ष म समेतलाई प्रस्तुत गर्दा निजलाई मिति २०४३।४।२६ सम्म पनि म समेतका विरुद्धमा कुनै कारवाही चलाउ