निर्णय नं. ९१५० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१५० - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०६/१४ ३२४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।६।१४।२ २०६७-CR-१०९१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, मेचीनगर न.पा.वडा न. १३ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा बस्ने वर्ष ३५ को भगतलाल टुडु विरूद्ध विपक्षी/वादी : किशोर टुडु सतारको जाहेरीले नेपाल सरकार अपराध हुँदाको परिस्थिति, निजको पारिवारिक अवस्था, निज प्रतिवादीका सानासाना बच्चासमेत भएको र पहिलेदेखि नै प्रतिवादीले आफ्नो पत्नीलाई मार्नुपर्ने सम्मको योजना नभएको नदेखिएको एक्कासी परिस्थितिवश रिस उठी प्रहार गरेको कारणबाट मृत्यु हुन गएको देखिएकोले ऐनबमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा निज प्रतिवादीलाई १० वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत पूरा हुने । (प्रकरण नं.८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लीलामणि पौडेल विपक्षी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः– मा.जि.न्या.श्री अर्जुनप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्नेः– मा.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या. श्री मोहनबहादुर कार्की फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :– मिति २०६४।१२।१७ गते राति गर्मीका कारण आमा छोरा घर बाहिर सुतेको ठाउँमा जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने छिमेकी जुगनु भन्ने व्यक्ति मेरो दाजु भगतलाल टुडुको घरमा आई मेरो भाउजु फुलमाया टुडुलाई यौनसम्पर्क गर्दै गरेको अवस्थामा दाजुले भेटी रिसको आवेगमा आई घरमा रहेको फरूवाले भाउजु फुलमाया टुडुलाई प्रहार गर्दा भाउजुको घटनास्थलमै मृत्यु भएको हुँदा मेरो भाउजुलाई मेरो दाजु भगतलाल टुडु र जुगनु भन्ने व्यक्तिले कर्तव्य गरी घटनास्थल मै मारेको हुँदा किटानी जाहेरी गरेको छु । निजहरूलाई पक्राउ गरी कानूनबमोजिम गरी पाउँ भन्ने मिति २०६४।१२।१८ को जाहेरी दरखास्त । भगतलाल टुडुको फुसको टाटी टिनको छानो भई पूर्व ढोका भएको घर सो घरको ढोकाको पश्चिममा मृतक फुलमाया टुडु सतारको उत्तर टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा उनीको बर्कोले शरीरलाई ढाकेको पाटको बोरामाथि मृत अवस्थामा रहेको लास रहेको दुबै खुट्टा खुम्चिएको, नीलो ब्लाउज, कटनको हरियो पहेंलो सारी लगाएको, कपाल कालो, नाक सुख्खा, आँखा बन्द, कान सामान्य, मुख खुल्ला, दायाँ हात कम्बरमा सटेको, बायाँ हात अर्ध खुम्ची पेटमा राखेको, दुबै हात नीलो कालो भई सुन्निएको, नाडी भाँचिएको जस्तो भएको, टाउको पछाडिपट्टी २ इन्चको चोट भएको, योनीबाट तरल पदार्थ निस्किएको र मलद्वारबाट दिसासमेत निस्किएको भन्नेसमेत व्यहोराको लासजाँच मुचुल्का । जिल्ला झापा, मेचीनगर नगरपालिका वडा न.१३ स्थित पूर्वमा भगतलाल टुडुको छाप्रो, पश्चिम थापाको खेत, उत्तरमा नारायण सतारको खेत, दक्षिणमा चक्लेट राजवंशीको खेत यति चार किल्लाभित्र रहेको भगतलाल टुडुको फुसको टाटी टिनको छानो भई पूर्व ढोका भएको घर, सो घरको ढोकाबाट भित्र पसी हेर्दा मृतक फुलमाया टुडु सतारको उत्तानो अवस्थामा मृत लास रहेको, सो लास विभिन्न ठाउँमा काटिएको अवस्थामा रहेको, खुनहरू यत्रतत्र छरिएको अवस्थामा रहेको र खुनको टाटालाई पानीले पखाली सो घरको आँगनम