निर्णय नं. ८८८० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८८० - बन्दीप्रत्यक्षीकरण भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०६/२८ ३५२१ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की ०६९–WH–०००९ आदेश मितिः २०६९।६।२८।१ विषय :– बन्दीप्रत्यक्षीकरण । निवेदकः सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं. ४ स्थायी घर भई झापामा घर भाडामा लिई बस्दै आउनु भएका हाल महानगरीय प्रहरी परिसर कार्यालय, हनुमान ढोकामा थुनामा रहेका वैद्यनाथप्रसाद कर्ण र कल्पना कर्णको हकमा निजको सम्धी नाता पर्ने भोजपुर जिल्ला, लेखक गाउँ विकास समिति वडा नं. ४ बस्ने टंकप्रसाद लुईटेल विरुद्ध विपक्षीः महानगरीय प्रहरी परिसर समेत § पक्राउ गर्दाको अवस्थाको थुना कानूनविपरीत भए पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने/ नहुने सम्बन्धमा सुनुवाई भएको अवस्थामा थुनिएका व्यक्तिहरूको थुना वैध रहेको देखिएमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुन नसक्ने । § गैरकानूनी रूपमा थुनिएको अवस्थामा यस्तो अवस्था ठहर्‍यो भने सम्बन्धित कर्मचारीलाई कारवाही हुने र क्षतिपूर्ति पाउने समेतका अवस्था वेग्लै हुन् । ती आज बन्दीप्रत्यक्षीकरण जारी गर्ने वा नगर्ने भन्ने सन्दर्भमा विचारणीय हुन नसक्ने । § अदालतको आदेशद्वारा थुनिएको अवस्थालाई न्यायिक हिरासत मान्नु पर्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता शालिकराम आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता विनोद पोखरेल अवलम्बित नजीरः § नेकाप २०४९, बैशाख, नि.नं. ४४५०, पृ. ३१ सम्बद्ध कानूनः § अ.बं. ११८(२) आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवम् धारा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश निम्नानुसार रहेको छ :– म रिट निवेदकको सम्धी सम्धिनी नाता पर्ने वैद्यनाथप्रसाद कर्ण र कल्पना कर्ण सप्तरी जिल्ला राजविराजमा स्थायी घर भई झापा जिल्लाको भद्रपुरमा घर भाडामा लिई बसोबास गर्दै आउनु भएको थियो । मिति २०६९।०३।२७ गते साँझको समयमा निजलाई प्रहरीले बस्दै आएको ठाउँ भद्रपुरबाट पक्री ल्याएको रहेछ । सो कुराको जानकारी अन्य आफन्तहरूले समेत झापा जिल्लाका सबैजसो प्रहरी कार्यालयमा बुझ्दै जाँदा हामीले पक्रेको छैन भन्ने जवाफ पाएपछि खोज्दै जाने क्रममा निजहरूलाई काठमाडौँ महानगरीय प्रहरी परिसरको कार्यालय, हनुमान ढोकामा थुनामा राखेको कुरा मैले थाहा पाएँ । प्रहरी परिसर हुनुमान ढोकामा के कुन कारणले उहाँहरूलाई पक्रेको भनी बुझ्दा विपक्षी युवराज घिमिरे र कुमार के.सी. को उजूरी जाहेरीले केही सार्वजनिक अपराध गरेको कसूरमा पक्रेको हो, निजहरूलाई हाल जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भई थुनामा राखेको भन्ने कुरा मलाई जानकारी गराइयो । म निवेदक मिति २०६९।४।१७ गते निजहरू दुवै जनालाई भेट्न प्रहरी परिसर, हनुमान ढोकामा जाँदा आफूहरूले कुनै किसिमको कसूर अपराध नगरेको, कुमार के.सी. र हामीहरूका बीचमा मोरङ्ग जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा चलिरहेकोले उक्त रिसइवी साध्न अन्य विपक्षीहरू समेतको साथ सहयोगले मलाई पक्री गैरकानूनी रूपमा थुनामा राखेको हो भन्ने जानकारी निजहरूले मलाई बताउनु भयो । विपक्षी महानगरीय प्रहरी परिसरको कार्यालयले विपक्षी कुमार के.सी र युवराज घिमिरेको व्यक्तिगत पहुँचको आधारमा निज विपक्षीहरू युवराज घिमिरे र कुमार के.सी. ले रकम दिएको मेरो सम्धी सम्धिनी वैद्यनाथप्रसाद कर्ण र कल्