निर्णय नं. ३२७३ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२७३ - बन्दीप्रत्यक्षीकरण भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२७ २७०७ निर्णय नं. ३२७३ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको रिट नम्बर १५८२ विषय : बन्दी प्रत्यक्षीकरण । रिट निवेदक: का.जि.का.न.पं.वा.नं.२५ मखन टोल घर भई हाल सदर खोरमा थुनामा रहेको महेश्वरलाल श्रेष्ठको हकमा निजको भाइ का.न.पं. वा.नं. २५ मखन टोल बस्ने भुवनेश्वरलाल श्रेष्ठ। विरुद्ध विपक्षी :श्री मध्यमाञ्चल विशेष अदालतको मा.न्या.श्री कृष्णजंग रायमाझी । श्री ५ को सरकार मध्य क्षेत्र प्रहरी कार्यालय भृकुटी मण्डपका प्रहरी नायव महानिरीक्षक श्री रण बहादुर चन्द । आदेश भएको मिति: २०४४।८।२७।१ मा अ.बं.११८ नं. बमोजिम थुनामा राखी कारवाही गर्न नमिल्ने मुद्दामा पनि विशेष अदालतले थुनामा राखी कारवाही गर्न सक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री निरञ्जन अर्याल विपक्षी तर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको मुख्य जिकिर तथा माग दावी निम्न प्रकार छ । २. म निवेदकलाई संवैधानिक र कानुनी प्रावधानको सर्वथा प्रतिकूल गैरकानुनी थुनामा राखिएको छ । मेरो समेतको विरुद्धमा विदेशमा जाने व्यक्तिहरू मार्फत लोकल बजारमा क्यूरियो पसलेसँग डलर किनी उक्त व्यक्तिहरू मार्फत पठाई सामान मगाएको भन्ने आरोप लगाई जम्मा ३,०००।– यू.एस.डलर खरीद गरेको भनी देखाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४, ५ को प्रतिकूल कार्य गरेकोले सोही ऐनको दफा १७(१) बमोजिम सजायँ गरिपाउँ भनी प्रत्यर्थी नं. २ ले आरोपपत्र प्रत्यर्थी नं. १ समक्ष अनाधिकार गैरकानुनी साथ दायर गरियो । त्यसमा मैले बयान गर्दा विजय धारिवालसँग पहिले ट्रान्सपोर्टको कार्य साझेदारीमा गरेको हो तर हाल सो ट्रान्सपोर्ट नभएको साझेदारी पनि नभएको भन्दै आफ्नो हालको व्यापार यही काठमाडौं मै स्थानीय बजारमा सामान खरीद गरी स्थानीय बजारमै बिक्री गर्ने गरी आएको सो खरीद बिक्री गर्दा नेपाली रुपैयाँमा नै खरीद बिक्री गर्ने गरी आएको विदेशी मुद्रामा कुनै कारोबार नभएको र आफूले विदेशबाट कुनै पनि व्यक्ति मार्फत कुनै पनि सामान नमगाएको प्रहरीमा शारीरिक यातना र धम्कीले गर्दा तथाकथित साविती बयान भएको हो भनी स्वतन्त्र रुपले अदालतमा बयान गर्दा आफूले कुनै पनि अपराध नगरेको कुराको प्रष्ट उल्लेख गरी बयान गरेको थिएँ । अधिकार प्राप्त अधिकारी समक्ष विदेश जाने मानिसहरूलाई डलर दिई सामान झिकाउने गरेको र सो डलर यही बजारमा खरीद गर्ने गरेको भनी आफ्नै स्वहस्ताक्षरले प्रहरी समक्ष लेखि विजयकुमार धारिवालसँग २०३० सालदेखि २०३८ सालसम्म साझेदारीमा काम गरेको भन्ने देखिएको छ भन्दै विशेष अदालत ऐन, २०३१ को दफा ९(२)(६) बमोजिम पूर्पक्षको लागि थुनामा राख्न पर्याप्त र मनासिब कारण देखिएको भन्दै पूर्पक्षको लागि (ख) श्रेणीको खाना दिई थुनामा राख्ने गरी आदेश मध्यमाञ्चल विशेष अदालतले गर्‍यो । उक्त आदेश बेरितपूर्ण छ भनी निवेदन गरेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवेदन बमोजिम कागज हेरियो । यसमा कानुन बमोजिम गर्नु भन्ने आदेश गरियो । ३. को सँग कुन दर रेटमा के कति विदेशी मुद्रा खरीद गरेर को कसलाई कुन कुन मितिमा के सामानहरू झिकाउन