निर्णय नं. ३२७४ - उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२७४ - उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/१५ २४१३ निर्णय नं. ३२७४ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १५४९ विषय : उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ । निवेदक : जि.सुनसरी हासपोसा गा.पं. वडा नं. २ बस्ने मान बहादुर वन सन्यासी । विरुद्ध प्रत्यर्थी : का.मु.भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय सुनसरी । जि.सुनसरी चांदबेला गा.पं. वार्ड नं. १ बस्ने मनिर मिश्रा । आदेश भएको मिति: २०४४।८।१५।३ मा कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. जि.सुनसरी चाँदबेला गा.पं. वार्ड नं. २(ख) कि.नं. १५८ को भिट अवल ज.वि. ०–१०–७ र ऐ. कि.नं. १५९ को दोयम धनहर ज.वि. २–४–० समेत जग्गाको विपक्ष मनिर मिया मोही भएको र यो २०४१ सालको कूत नबुझाएको र ऐनका म्यादभित्र धरौट समेत नराखेकोले हुने कूतको बजार दर भाउले हुने रु. ४४९२।– दिलाई भराई मोहियानी हकबाट निष्कासन गरिपाउँ भन्ने समेत मेरो उजूरी भएकोमा कूत बुझाइसकेको छु भर्पाई माग्दा आलटाल गरी दिनु भएन विश्वासमा परी त्यसतर्फ कुनै कारवाही गरेको छैन मोही निष्कासन गर्ने झुठ्ठा उजूर गर्नु भएकोले गाउँ सरजमीन समेत बुझी झुठ्ठा दावाबाट अलग फूर्सद गराई पाउँ भन्ने समेत व्यहोराको विपक्षले प्रतिउत्तरपत्र फिराएकोमा २०४२।९।१५ मा भर्पाई पाएको छु भनी भनेकोबाट आदेशानुसार पेश भएको भर्पाई मलाई सुनाउँदा कसबाट कुन बेहोराले खडा गरी यस कार्यालयमा ल्याई फिलहाल पेश गरेको हुन निजै जान्दछन । मलाई कूत बुझाएको पनि छैन । मैले भर्पाई पनि दिएको छैन । दिलकुमार २०३२ साल देखि नै छुट्टी भिन्न बसेको छ भन्ने समेत मेरो बयान भएको थियो । विपक्षी अधिकारीज्यूबाट यसमा उक्त प्रमाणको समेत मूल्याङ्कन गरी निर्णयतर्फ विचार गर्दा यसमा कूत बुझेको र मिन्हा समेत दिएको भर्पाई पेश भएको र भर्पाईलाई लिखत गरी दिनेले कीर्ते भन्न नसकेको र भर्पाई लेखेको मात्र छु सही गरेको होइन धान बुझेको छैन भन्ने कुरा हास्यास्पद एवं मुद्दालाई बंग्याउने कोशिश मात्र गरेको देखिन्छ कारण धानै नबुझी भर्पाई गरी दिने प्रश्न नै उठ्दैन स्वहस्ताले भर्पाई लेखेकोमा नाम मात्र लेखेको हुँ सही गरेको होइन भन्ने कुरा कानुनी रुपले अमिल्दो साथै सो भर्पाईलाई सद्दे भनी स्वीकार गरिसकेपछि सही गरेको छैन । नाम मात्र लेखेको हुँ भन्ने कुरा तर्कसंगत नदेखिएकोले दोहरी कूत भराई रहन कानुनसंगत नहुने भएकोले सो मुद्दा खारेज हुने ठहर्छ भनी २०४३।२।२० मा फैसला गर्नु भयो । ३. यो विवादको २०४१ सालको कूत दिएन दिलाई मोहिबाट निष्कासन गरिपाउँ भन्ने समेत माग दावी भएको हो । कानुनले कूत बुझाई भर्पाई लिनु पर्ने म्यादमा बुझी लिएन भर्पाई