निर्णय नं. ३२७७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२७७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२४ २४०८ निर्णय नं. ३२७७ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २४९३ विषय : उत्प्रेषण । निवेदक : जिल्ला धादिङ निलकण्ठ गा.पं. वडा नं.५ बस्ने रणमान सिंह अधिकारी । विरुद्ध विपक्षी : श्री जिल्ला पञ्चायत धादिङको न्यायिक समिति । श्री आदर्श गाउँ पञ्चायत कार्यालय निलकण्ठ गा.पं. न्यायिक समिति । धादिङ शाङ्कंश गा.पं. वार्ड नं. २ बस्ने गंगा बहादुर अधिकारी । आदेश भएको मिति: २०४४।८।२४।५ मा गा.पं. न्याय समितिबाट कानुन बमोजिम भित्र कानुनले निर्धारित गरेको क्षेत्राधिकार भित्र रही सरजमीन समेत गराई सो को आधारमा निर्णय गरेको र सो निर्णय उपर जि.पं. न्याय समितिमा पुनरावेदन परी उक्त न्याय समितिबाट आफ्नो अधिकार क्षेत्रभित्र रही कानुन बमोजिम निर्णय भएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वीप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदकको नाममा नापी दर्ता भएको जग्गा खेतमा लाग्ने अरुण खोलाको कुलो पानी विपक्षीले मैले नचिनेका ४।५ जनालाई परापूर्व कालदेखि लगाई आएको कुलो पानी बन्द गरिदिएकोले खुलाई पाउँ भनी प्रत्यर्थी गा.पं. न्यायिक समितिमा उजूर गरेको थिए । वरपिपल चौतारो छेउको कुलो वादी आफैंले बन्द गरेको हो मेरो कि.नं. २८५ को खेतबाट वादीको कि.नं. ५२१ को जग्गामा लाने कुला थिएन भन्ने प्रत्यर्थी गंगा बहादुर अधिकारीको प्रतिवाद परेको थियो कुलो दिन नमिल्ने भनी प्रत्यर्थी निलकण्ठ गा.पं. न्यायिक समितिबाट निर्णय भयो । उक्त निर्णय उपर निवेदकको पुनरावेदन परी प्रत्यर्थी जिल्ला पञ्चायत धादिङको न्यायिक समितिले वादीले प्रतिवादीलाई क्षतिपूर्ति दिएमा मात्र प्रतिवादीको खेतबाट कुलो काट्न पाउने ठहर्छ भन्ने निर्णय गरेको खेत बाझो गराउने गरी भएको निर्णय जग्गा आवाद गर्नेको १ नं.को प्रतिकूल हुँदा कानुनन् बदरभागी छ प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समितिको निर्णय जग्गा आवाद गर्नेको ३ नं. प्रतिकूल छ पुरानो कुलो भएको स्वीकार नै गर्नु भएको छ पुरानो कुलो भासिन गएको भन्ने निर्णयाधार कायम गरिएको छ अ.बं. १७१ नं. बमोजिम नक्शा नगरी भएको निर्णय त्रुटिपूर्ण छ कि.नं. ५२१ मा लागेको कुलो मासिएको बेसवेटे कुलो होइन कि.नं. २८५ मा कुलो रहेको स्वतः सिद्ध छ । निर्णय क्षेत्राधिकार भन्दा बढी कुरामा भएकोले त्रुटिपूर्ण छ प्रत्यर्थी समितिहरूबाट गरिएको निर्णय फैसला बदर गरी उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णमान सिंह अधिकारीको रिट निवेदन । ३. विपक्षीहरूबाट लिखित जवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. विपक्षी निवेदकको घर घडेरीको लागि आफूले र आफूबाट खरीद गर्नेहरूले कुलो मासी बजार लाइन घर बनाएकोबाट विपक्षीको जग्गामा कूलो पानी लाग्न नसकेको हो दुवै पक्षलाई रोहवरमा राखी गाउँ पञ्चायतले मुचुल्का गराई निर्णय भएको हो विपक्षको कूलो नक्शामा देखिएको छैन मेरो जग्गाबाट निवेदकलाई पानी दिँदा करीब ४०० ह