निर्णय नं. ३२७९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२७९ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/२० २५३१ निर्णय नं. ३२७९ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु नं. ५२८, ५२९ सम्वत् २०४३ सालको फौ.सा.नं. ४८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:जि.मकवानपुर गा.पं.फखेल वार्ड नं.९ घर भै हाल जि.का.का. शाखा वीरगञ्ज थुनामा रहेको मोती बहादुर लामा । ऐ.ऐ बस्ने वीर बहादुर थोकर । विरुद्ध विपक्षी/वादी: कृष्ण कुमारी गोलेको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।७।२०।६ मा उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेको केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतकको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिने । (प्रकरण नं. ३६) मृतकलाई मार्नमा प्र.मोतिबहादुरले मुख्य भई बचन दिएको नभए पनि मार्न जान लाग्दा रोकछेक नगरी आफू चुपचाप घरतर्फ गएको र मारी सकेपछि पनि आफूले जाहेर नगरी अरुलाई समेत जाहेर गर्नबाट रोकी लाश अन्यत्र फाल्न आफ्नै छोराहरू समेत जाँदा पनि आफू चूप लागी बसेको देखिएबाट मोतिबहादुरले ज्या.सं.को १३(४) नं. को कसूर गरेको देखियो अतः माथि उल्लेख गरिए बमोजिम प्र.वीर बहादुरलाई ज्या.सं.का १३(१) नं. र प्र.मोतिबहादुरलाई ज्या.सं.को १३(४) को कसूर ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ तर प्रतिवादी मोतिबहादुर कसूर हुँदाको अवस्थामा निजको उमेर ७३ वर्ष पुगिसकेको र यस्तो अति बृद्ध भई सुझबुझ समेत कम हुँदै गएको अवस्थाले गर्दा पनि कसूर गर्ने र त्यस्तो कसूर भएपछि पनि लाश फाल्नबाट रोकछेक गरी जाहेर नगरेको हुन सक्ने स्थिति पनि रहन जाने हुन सक्दछ, यसरी नै निज हाल ७७ वर्ष उमेर पुगिसकेको देखिँदा शुरुले ज्या.सं.को १३(४) नं. बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने । (प्रकरण नं. ३७) फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. छोरा राम बहादुर सधैं शुक्रबार घर आउने गरेको निज चैत्र २५ गते नआएकोले निजले नोकरी गरी आएको विद्युत विभाग मार्खुमा गई बुझ्दा उक्त दिन २ बजे घर जान हिडेको थाहा भई खोजी गर्दा ०३९।१२।२९ गते जिल्ला मकवानपुर मार्खु गा.पं. अन्तर्गत पर्ने महाचुनी बनमा काटी मारिएको अवस्थामा लाश फेला परेकोले सूर्य बहादुर थिंग समेत उपर शंका भएकोले कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. धारिलो हतियारले हानी गर्धन छीनाली सो गर्धनको पछाडिको छाला अन्दाजी २ अम्मल बाँकी देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. चैत्र २५ गते मलाई मोतिबहादुरले निजको घरमा बोलाई जाँदा मोती बहादुर, जगत बहादुर, ठूलो रामब हादुर, चन्द्र बहादुर छोइलामा, सूर्य बहादुर, सूर्य बहादुरको श्रीमती रहेछन् । म पुग्ने वित्तिकै मोती बहादुरले गोठालो जाने होइन जाउँ भनेकाले गएँ । २७ गते म समेत मोति बहादुरको आज्ञाबाट मृतकको लाश टाटमा पोको पारी डोकामा हाली बोकी पुर्याई आएका हो खुकुरीले काटी मार्ने जगत बहादुर थिंग हुन् भन्ने समेत व्यहोराको सूर्य बहादुर थिंगले प्रहरीमा गरेको कागज । ५. मैले राम बहादुरलाई मारेको होइन । २७ गते बाबु मोति बहादुरको भनाई मानी लाश अन्