निर्णय नं. ३२८१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२८१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/१२ २४५८ निर्णय नं. ३२८१ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. १७४५ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.दाङ्ग हापुर गा.पं. वडा नं.८ नारेवाङ बस्ने विजयराज उपाध्याय । विरुद्ध विपक्षी : अञ्चलाधीशको कार्यालय राप्ती । जि.दाङ सोनपुर गा.पं. वडा नं. ३ बस्ने लोकराज शर्मा । ऐ.ऐ बस्ने प्रदिप कुमार शर्मा । आदेश भएको मिति:२०४४।७।१२।५ मा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) अन्तर्गत जिल्ला स्तरीय श्रेस्ता कार्यालयहरूले गरेको निर्णय उपर पुनरावेदन हेर्ने अधिकार नेपाल अधिराज्यका सम्पूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले प्रयोग गर्न पाउने गरी तोकेकोबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) बमोजिमको पुनरावेदन हेर्ने अधिकार विपक्षी कार्यालयमा रहेको भनी मान्न मिलेन । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार रहेछ : २. विपक्षी प्रदिपकुमार शर्माका नाउँको साविक दर्ता श्रेस्ताको दाङ्ग देउखुरी सोनपुर गा.पं. वडा नं. ८ देउपुर मौजे सुनदवरी खुट्टीको द्र।।।२ पति जिमिदारीको टिकुलीया कूलादेखि दक्षिण भजगाउँ कूलादेखि उत्तर सुनदवरी जाने बाटोदेखि पश्चिम, चेतनाथको कित्तादेखि पूर्व यति ४ किल्लाभित्रको जग्गा विगहा ३–०–० प्रदिपकुमार नाबालख भएकाले रु. ९५००।– मैले बुझिलिएको छु भनी विपक्षी लोकराजले जनाई सहिछाप गरी मलाई राजीनामा दिएको उक्त जग्गा हाल सर्भे नापी अनुसार जि.दाङ्ग सोनपुर गा.पं. वडा नं. ८क. कि.नं. १४३ क्षेत्रफल ज.वि. ३–०–१७ कायम भएको छ । सो को बहाली पुर्जी दाङ देउखरी माल कार्यालयबाट मिति २०२७।६।२७ मा पाई घर समेत बनाई बसोवास भोगचलन समेत गरिआएको थिएँ । सर्भे नापीमा सो जग्गाको दर्ता विपक्षी लोकराजले गराएको हुँदा मेरो नाममा नामसारी दर्ता गरी जग्गाधनी दर्ता पूर्जा पाउँ भनी म निवेदकले मालपोत कार्यालय दाङमा दिएको निवेदनमा उक्त दाङ सोनपुर गा.पं. वडा नं. ८क. कि.नं. १४३ को ज.वि. ३–०–१७ भिटअवल जग्गा विपक्षी लोकराज शर्माका नाउँमा म निवेदकका नाउँमा दाखेल खारेज गरी बाँकी मालपोत असूल गर्ने गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने गरिएको निर्णय उपर विपक्षी लोकराजको राप्ती अञ्चलाधीश कार्यालयमा पुनरावेदन पर्दा सावित श्रेस्ता बमोजिमको नं. १७३ को जग्गा सर्भे नापीबाट कि.नं. १४३ कायम हुन आएको जग्गा एउटै हो भन्ने वादीको भनाई र अलग अलग हो भन्ने प्रतिवादीको जिकिर देखिएकोले वादीले प्रदिपकुमार शर्माबाट राजीनामा गरिलिएको जग्गा प्रतिवादी लोकराजकै नाउँमा दर्ता भएको हो वा वादी विजयराजकै नाउँमा दर्ता भएको छ त्यस कुराको हक बेहकको निरोपण गर्नेतर्फ निर्णय गरी हक बेहकको निरोपण भइआएपछि ठहरे बमोजिम जो जसका नाउँमा दाखिल खारेज गर्नु पर्ने हो उसैको नाउँमा दाखिल खारेज गर्ने गरी निर्णय गर्नु पर्नेमा शुरु मालपोत कार्यालयबाट त्यसतर्फ कुनै निर्णय नगरी मिसिल सामेल रहेको फिल्डबुक उतारबाट पुनरावेदक लोकराजका दर्ता श्