निर्णय नं. ९०७२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७२ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०५/२० ३८११ नेकाप २०७० अङ्क ११ नि.नं.९०७२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्मानीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति : २०७०।५।२०।५ ०६८-WF-०००८ विषय : उत्प्रेषणयुक्त परमादेश । रिट निवेदक : भोजपुर जिल्ला, टक्सार गा.वि.स. वडा नं. १ घर भै सशस्त्र प्रहरी बल, त्रिपुरागण, कोहलपुर बाँकेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदबाट हटाइएको रामकुमार रणपहेली विरूद्ध विपक्षी : नेपाल सरकार गृह मन्त्रालय सिँहदरबार, काठमाडौंसमेत § कुनै कसूरजन्य कार्य एकपटक गर्नु र बारम्बार वा पटकपटक गर्नुमा तात्त्विक फरक हुन्छ । दुबै अवस्थामा रहेको भिन्नतालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को (ग), (ङ) र (ज) ले “बराबर” वा “बारम्बार” भन्ने शब्दको प्रयोग गरेको छ । § सजायको निर्धारण गर्दा जहिले पनि निर्णयकर्ताले कसूरको प्रकृति र मात्रासँग सामञ्जस्यता कायम हुने किसिमले न्यायिक मनको प्रयोग गर्नुपर्ने । (प्रकरण नं.९) § कर्मचारीलाई गम्भीर सजाय गर्दा गम्भीर प्रकृतिको कसूर गरेको वा सामान्य प्रकृतिको कसूर पटकपटक गरेको र सो गरेकोमा कारवाहीमा परी सचेत गराउँदागराउँदै पनि अटेर गरी बारम्बार गलत प्रवृत्तिलाई अपनाएका कर्मचारीलाई दिइने सजाय हो । (प्रकरण नं.१३) § सजाय दिनु भनेको बदला लिनु होइन । त्यसैले सजायको निर्धारणमा न्यायिक मनको प्रयोग हुनैपर्दछ । न्यायिक मनको परिधि कानूनले नै निर्धारित गरिदिएको अवस्थामा सो परिधिबाहिर गरिने निर्णय त्रुटिपूर्ण हुन्छ । बारम्बार वा बराबर वा पटकपटक कसूर गर्दा मात्र हुने सजाय एक भन्दा बढी पटक गरेको स्थापित नभइ गर्न नसकिने । (प्रकरण नं.१४) निवेदकतर्फबाट : विद्वान अधिवक्ताहरू शेरबहादुर के.सी., योगेन्द्रबहादुर अधिकारी, भोजबहादुर ढकाल र रामचन्द्र पौडेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : § प्रहरी नियमावली, २०६० को नियम ८४ (क) (ख), ८७ (ग) (घ) (ङ) आदेश स.का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : नेपालको अन्तिरम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबीच फरक राय व्यक्त भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस अदालतको पूर्ण इजलाससमक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :– निवेदक मिति २०५७।१।१ बाट लागू हुने गरी मिति २०५७।३।४ बाट प्र.ज. पदमा शुरू नियुक्ति भै तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को मिति २०५८।१।१८ को निर्णयले सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भै बढुवा हुँदै मिति २०६६।३।२० गतेको पत्रबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भै सेवारत् थिएँ । निवेदक कार्यरत् रहेको अवस्थामा मिति २०६५।५।४ गते मादक पदार्थ सेवन गरी कार्यालयमा फर्कने क्रममा मेन गेट डिउटीमा खटिएको कमाण्डर स.प्र.ना.नि. माथि हातपात तथा अपशब्द प्रयोग गरेको आधारहीन विषयमा २४ घण्टे तथा १२ घण्टे स्पष्टीकरण माग गरिएकोमा सोको जवाफ पेश गरिएकोमा उचित किसिमले मूल्याङ्कन गरिएन । कानूनको गलत अर्थ गरी मिति २०६५।५।१० गतेबाट लागू हुने गरी सेवाबाट हटाउने गरी विपक्षी सशस्त्र प्रहरी बल त्रिपुरागण कोहलपुर, बाँकेको सशस्त्र प्रहरी उपरीक्ष