निर्णय नं. ३२८४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२८४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/०१ २६११ निर्णय नं. ३२८४ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रि.नं. २५२० विषय : उत्प्रेषण । निवेदक :जि.महोत्तरी माटीहानी आदर्श गा.पं. वार्ड नं.६ बस्ने जगन्नाथ दास वैष्णव । विरुद्ध प्रत्यर्थी : शाखा अधिकृत जि.का.धनुषा । प्र.जि.अ.जि.का.धनुषा । अञ्चलाधीश जनकपुर,अञ्चलाधीश कार्यालय । मालपोत कार्यालय,धनुषा । श्री ५ को सरकार,अर्थ मन्त्रालय । जानकी मन्दिर जिर्णोद्वार समिति धनुषा । धनुषा ज.न.पं.वार्ड नं. ८ बस्ने सीताराम रौनियार । ऐ. वार्ड नं.६ बस्ने शान्ति देवी । ऐ. वार्ड नं.८ बस्ने सझा तमौली । ऐ. वार्ड नं. ८ बस्ने गोनीया ग्वारनी । ऐ.बस्ने जनिरिया कुर्मिनी । ऐ.बस्ने रामवृत तमौली । ऐ.बस्ने जगदीश । ऐ.बस्ने मिबो देवी कुर्मिनी । ऐ.बस्ने प्रल्हाद चौधरी । ऐ. बस्ने मिश्री लाल चौधरी । ऐ.बस्ने कौशिल्या देवी कुर्मिनी । महोत्तरी महमौवाको हाल धनुषा ज.न.पं. वार्ड नं. ८ बस्ने निरस साह कानू । ऐ.वार्ड नं.८ बस्ने जिवध साह रौनियार । ऐ.बस्ने गिता देवा कानू । ऐ.बस्ने रामलखन कलवार । ऐ.बस्ने बैचन ठाकुर । ऐ.बस्ने सीता साहु हलवाई । ऐ.बस्ने राम रतन माडवारी । ऐ.बस्ने कोलालो विनिन । ऐ.बस्ने रजिया बिनीन । ऐ.बस्ने रामसेवक विन । ऐ.बस्ने लक्ष्मी विन । ऐ.बस्ने हजारी साह हलुवाई । ऐ.बस्ने राम सुन्दरी कुर्मिनी । ऐ.बस्ने हनुमन्ते तमौलि । ऐ.बस्ने लक्ष्मी साह कलवार । ऐ.बस्ने मनु मुखिया बिन । ऐ.बस्ने गंगाराम साह हलवाई । ऐ.बस्ने विष्णी भक्त भन्ने विष्णु भक्त तमौली । महोत्तरी लोहरपट्टीको हाल धनुषा ज.न.पं. वार्ड नं.८ बस्ने विनोद मिश्र भूमिहार । ऐ.वार्ड नं. ६ बस्ने जिवछी पासिन । ऐ.वार्ड नं.८ बस्ने हरि यादव ऐ.वार्ड नं.८ बस्ने सुवधी पासिन । ऐ.बस्ने पल्टनीया पासी । ऐ.वार्ड नं.३ बस्ने राम विलास ठाकुर सोनार । ऐ.वार्ड नं.६ बस्ने रामसेवक कुर्मी । ऐ.वार्ड नं.८ बस्ने गुलेविया गुवारती । ऐ.वार्ड नं.३ बस्ने कुशेश्वर उपाध्याय । महोत्तरी परकोली फुलहट्टा गा.पं. बस्ने राम कुमारी सिंह राजपूत । आदेश भएको मिति: २०४४।७।१।१ मा विवादको जग्गा गुठी रैतानी नम्बरीमा निवेदकको नाउँमा दर्ता भइरहेको जग्गा देखिन आएको र यिनै जग्गा सम्बन्धमा अघि गुठी संस्थान वादी भई दिएको बिक्री बदर गरिपाउँ भन्ने मुद्दा परी स.अ.बाट समेत निवेदकको पूर्ण स्वामित्व कायम भई फैसला भइरहेको देखिन आएकोबाट विवादको जग्गामा निवेदकको पूर्ण स्वामित्व रहेको कुरामा विचार गरिरहनु पर्ने देखिन नआउने । (प्रकरण नं. १९) नागरिकलाई यो भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित र नियन्त्रण गर्न बनेको के कस्तो ऐनलाई यो उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागि बनेको भनी सम्झनु पर्ने हो सो कुरा उपधारा २ मा व्यवस्था गरी त्यस्तो ऐनको प्रस्तावनामा सोही उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख भएमा सो ऐनलाई सार्वजनिक हितको लागि बनेको भनी मान्नु पर्ने व्यवस्था गरिएको स्पष्ट छ, यस धारामा भएका यी व्यवस्थाहरूको समष्टी रुपमा विचार गर्दा कुनै ऐन यस धाराको उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागी बनेको मानिन सो ऐनको दफामा सार्वजनिक हितको कुरा उल्लेख गर्दैमा पर्याप्त हुँदैन त्यसको प्रस्तावनामा नै उपधारा २ को देहायमा उल्लेख भ