निर्णय नं. ३२८५ - अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२८५ - अंश । भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०७/१९ २८८४ निर्णय नं. ३२८५ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ७१८ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: का.जि. पांगा गा.पं.वार्ड नं. ३ बस्ने ललितकृष्ण महर्जन । विरुद्ध विपक्षी/वादी:ऐ. ऐ. महतो टोल बस्ने मंगलकृष्ण महर्जन । फैसला भएको मिति:२०४४।७।१९।५ मा अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्यवस्था भएको अंश छोडपत्रबाट आफू अंशमा लिएको बाहेक अरु सम्पत्तिमा छोडपत्र गर्ने हक छोडी दिएको कागज हुँदा पास हुनै पर्ने देखिएकोले पेश भएको छोडपत्र पास भएको नदेखिएकोले सो कागजलाई कानुनी मान्यता दिई त्यसबाट अंशबण्डा भइसकेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०) घर जग्गा वादीका नाउँमा दाखिल खारेज भइसकेको नदेखिएको र बिक्री व्यवहार समेत गरेको देखिन नआएकोबाट खाली भोगेकै अधारमा अंशबण्डा भइसकेको भनी ठहर गर्न अ.बं. मा भएको व्यवस्थाले नमिल्ने । (प्रकरण नं. २०) यो यस मितिमा मानो छुट्टिएको हो भनी छोडपत्र समेतका कुनै लिखितबाट नदेखिएको हुँदा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरेकोमा अन्यथा गरिरहन पर्ने अवस्था देखिन नआउने । (प्रकरण नं. २०) २०२५ सालको लिखतबाट पुनरावेदकका नाममा खरीद भएको जग्गा आफ्नो सीप आर्जनको अंशबण्डाको १८ नं. ले बण्डा दिन नपर्ने भन्ने हकमा यदि सो भए तायदातीमा दिनै नपर्ने दिएको र दिँदा पनि सो जिकिर लिन नसकेबाट यस जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरि न्यौपाने उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२३।५ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ। २. बाबु बुद्धिलाल आमा लक्ष्मी महर्जनका गर्भबाट जायजन्म भएका हामी २ दाजुभाइ ३ बहिनीहरू भएकोमा बहिनीहरूको विवाह दान भइसकेको र २०२५ साल श्रावणमा आमा र २०३२ साल कार्तिक भाइटिकाका दिन बाबा परलोक हुनुभएको र अघिदेखि नै ताला पुर्जी ढुकुटी भाइ बुहारीलाई नै चलाउँदै आएको बाबाको नाउँमा नेपाल बैंकमा रहेको पासबुक पनि भाइ जिम्मा नै भएको बाबाको परलोक भएपछि हरेक कुरामा निउ थापी मलाई अंश दिनुपर्छ भनी बाबाको नाउँमा भएको रकम समेत नदेखाएकोले २०३३।७।१५ गते मानो छुट्टिएको मिति कायम गरी अंशियारमा हामी दुई भाइ बाहेक अरु कोहि नभएको विवाह गर्नु पर्ने पनि अरु कोही नभएको हुनाले विपक्षीबाट २ भागको १ भाग अंश अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३३।७।१७ को फिरादपत्र । ३. विपक्षीलाई अंश दिनुपर्ने होइन छैन । विपक्षीले अंश बापतमा का.जि. पांगा मसव टोलको पक्की टायल छाना भएको ३ नाले घर कवल २ र भूमिप्रशासन कार्यालय काठमाडौंमा पिताजीका नाउँमा दर्ता भएको चोभार भूतखेल गा.पं. वार्ड नं. ९(घ) को कि.नं. १० को पाखो जग्गा ०–१४–१३ समेतको घर जग्गा अ