निर्णय नं. ३२८६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२८६ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/१५ २६२२ निर्णय नं. ३२८६ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४४४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: अम्बिका तिमिल्सीनाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.सुनसरी तनमुना गा.पं. वार्ड नं. ६ बस्ने विजय गछदार । फैसला भएको मिति: २०४४।८।१५।३ मा प्रहरी समक्ष भएको साविती साक्षीहरूको बकपत्र लगायतका कुनै पनि स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको यस अवस्थामा सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट प्र.लाई सफाई दिने गरेको फैसलालाई सदर गर्ने गरेको इन्साफ मनासिब नै हुँदा सदर हुने । (प्रकरण नं. २९) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र वस्न्यात विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन भनी वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्नानुसार रहेछ । २. मिति २०३८।८।९ गते क्याम्पसमा विद्यार्थी आन्दोलनबाट भाइ फणिन्द्रको मृत्यु भएको को को भई भाइलाई मारे, मार्ने मराउनेलाई सजायँ गरिपाउँ भन्ने अम्बिका तिमिल्सीनाको २०३८।८।९ गतेको जाहेरी दर्खास्त । ३. मिति २०३८।८।९ गतेको लाश प्रकृति विवरण मुचुल्का । ४. मिति २०३८।८।९ गतेको डाक्टरको राय भएको पोष्टमार्टम रिपोर्ट । ५. मिति २०३८।८।९ गतेको बिहानै देखि क्याम्पसमा विद्यार्थीहरू बीच झगडा भएको विजय गछदारले मेरो भाइलाई गोली हानेछ र भाइ पक्षका साथीले रिस थाम्न नसकी विजय गछदारलाई पिटेछन् भन्ने समेतको अम्बिकाप्रसाद तिमिल्सीनाले पछि खुलाई दिएको कागज । ६. मिति २०३८।८।९ गते महेन्द्र मोरङ क्याम्पसमा विजय गछदारले पिस्तोला लिई गोली पडकाएका हुन् भन्ने प्रहरीमा गरेको ठाडो कागज । ७. क्याम्पसबाट दुई पटक गोली फायर भएको र अखिलका केटाहरूले गोली हानी मार्ने विजयलाई झम्टिन खोज्दथे भन्ने क्याम्पसको अर्दली दुर्गा प्रसाद तिमिल्सीनाको मिति २०३८।८।९ मा प्रहरीमा भएको कागज । ८. मिति २०३८।८।९ गते अखिल पक्ष र विजय गछदार समेतको झगडा भई रहँदा म २०, २५ कदम भागेको अवस्था मलाई गोली लागेको रहेछ भन्ने समेत मिति २०३८।८।२१ मा सुनिल दाहालले गरेको कागज । ९. अखिल र ने.वि.सं. को केटाहरू बीच झगडा भई रहँदा म भागेको सोहिबेला बन्दूक पडकेको आवाज सुनेको हुँ भन्ने समेत २०३८।८।९ मा शैलेन्द्र आचार्यले गरेको कागज । १०. कक्षा बहिष्कार नगर्नेबारे साथीहरूलाई सम्झाउँदा मलाई समेत कुटे पछि बन्दूक पडकेको आवाज आई भाग्दा टाउकोमा कुटी बेहोस भएछु भन्ने मिति २०३८।८।२१ को महेन्द्र कुमार चौधरीको बयान । ११. क्याम्पसमा विजय गछदारले हरिनारायण चौधरीबाट पिस्तोल लिएपछि विद्यार्थीले विजयलाई घेर्दा पिस्तोल ठाडो पारेको देखियो पछि फायर भएको आवाज आयो र खगेन्द्र चुडालले विजयलाई हिर्काउन थाल्यो भन्ने समेत व्यहोराको मिति २०३८।८।२१ को गणेशराज कार्कीको कागज । १२. अखिल र ने.वि. संघको झगडामा हरिनारायण चौधरीले दुवै हातमा पिस्तोल लिई अखिलेलाई धम्क्याउँदै २ फायर गरेपछि पिस्तोल विजय गछदारको हातमा परी अखिलले एक एक गरी मार्छु भन्दै भाग्दै थिए, मृतक फणिन्द्रले तागत छ भन्ने हान भनेर अगाडि बढ्दा विजयले फायर गरी फणिन्द्रलाई लाग्यो । त्यसपछि विद्यार्थीको भागाभाग