निर्णय नं. ३२८७ - कीर्ते ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२८७ - कीर्ते । भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०९/२९ २३१८ निर्णय नं. ३२८७ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.वि.नं.६२ मुद्दा : कीर्ते । पुनरावेदक/प्रतिवादी:म्याग्दी गा.पं. वडा नं.४ घर भै हाल जिल्ला बर्दिया राजापुर गा.पं. वडा नं. १ बस्ने टंकनाथ उपाध्याय । विरुद्ध विपक्षी/वादी: जि.बर्दिया पशुपती नगर गा.पं.. वडा नं. ८ बस्ने बलराम उपाध्याय । फैसला भएको मिति: २०४४।९।२९।४ मा रिट निवेदन दिँदा वारेसनामामा सही गर्ने यिनै विपक्षी नै हुन् भनी स्वीकार गरेको देखिन आएबाट सो विशेषज्ञले सहिछापहरू जाँची दिएको प्रतिवेदनमा शंका लिइरहनु पर्ने कुनै अवस्था नरहेकोबाट अब निज विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गरी रहनुको कुनै तात्पर्य रहन नआउने । (प्रकरण नं. ११) यिनै निवेदक आफ्नो भाइ भनी देखाएका हकमा समेत दर्खास्त दिई कबूलियत समेत गरेको भनी पेश भइरहेको जि.भू.सु. कार्यालयमा पेश गरेको निवेदन बमोजिम जग्गा प्राप्त गर्दा गरेको भनेको प्रमाणित समेत नभएको कबूलियत भनेको कागजको आधारमा निवेदकका भाइ भनिएकाले नै बिक्री वितरणमा जग्गा पाएको भनी भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालतका नाममा इन्साफ दोहर्‍याई दिनु भन्ने हुकुम प्रमाड्डी बक्स पाउँ भन्ने विषयमा टंकनाथ उपाध्यायले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए यसमा लेखिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको कीर्ते मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गर्नु प्रमाड्डीको जनाउ विन्ती पत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्स भई दर्ता हुन आएको प्रस्तुत कीर्ते मुद्दाको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ । २. मेरो नाउ दर्ताको जिल्ला बर्दिया पशुपती नगर गा.पं. वडा नं. ८ कि.नं.७ को ज.वि. १४–०–० हालै कि.नं.१७३ कायम भएको जग्गा विपक्षीले मेरो बाबु बलराम उपाध्याय २०३६।११।४ मा परलोक हुनुभएको निजको एकमात्र हकदार म भएको हुँदा निजको नाउँ दर्ताको उक्त कि.नं. को जग्गा मेरो नाउँमा नामसारी दर्ता गरिपाउँ भनी निवेदन गरी नामसारी गराएको कल्पित व्यहोराबाट जग्गा नामसारी दर्ता गराएको मेरो नाउँको जग्गा लिने खाने नियतले कीर्ते कागजको १ र ७ नं. बमोजिमको कसूर गरेकोले मेरा नाउँको रु. ४०,०००।– पर्ने जग्गा मेरै नाउँमा दर्ता गरी कीर्ते कसूर गर्ने निज विपक्षीलाई ऐ.को ७ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीको नाउँ र मेरो भाइको नाउँ एक भएको मेरो भाइको मृत्यु हुँदा हक खाने एकमात्र हकदार म भएको निज मेरो भाइ बलराम उपाध्याय नाउँ दर्ताको जग्गा नामसारी गरिपाउन सम्बन्धित भूमि सुधार कार्यालय बर्दियामा कारवाही चलाई कानुन बमोजिम जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेको मेरो भाइको नाउँ र वादीको नाउँ एकै पर्न गएकोबाट नाजायज फाइदा उठाउने प्रयास मात्र गरेको हुुन वादी दावी झुठ्ठा हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. विवादित जग्गा वादीले २०२२ सालमा प्राप्त गरेका सोही जग्गा २०२९ सालमा जफत हुँदा पुनः कानुन बमोजिम प्राप्त गरी भोगचलन समेत गरिआएको जग्गा वादी बलराम उपाध्यायक