निर्णय नं. ३२८९ - परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२८९ - परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०८/०२ १९७७ निर्णय नं. ३२८९ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४२ सालको रिट नम्बर १८६९ विषय : परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ । निवेदक : लुम्बिनी विद्युत (प्रा.) लि.को प्रबन्ध निर्देशक जिल्ला काठमाडौं न.पं. काठमाडौं वडा नं. ३३ ज्ञानेश्वर बस्ने खेमचन्द चौरडीया । विरुद्ध विपक्षी : काठमाडौं नगर पञ्चायतको ठेकेदार माणिकचरण श्रेष्ठ कर डिपो थानकोट, काठमाडौं । आदेश भएको मिति: २०४४।८।२।४ मा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ मा प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर नलाग्ने । (प्रकरण नं. १०) विवादित माल सामान बुटवलमा खरीद बिक्री भएकोले काठमाडौं भित्र खरीद बिक्री हुने माल सामान भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. यस लुम्बिनी विद्युत उद्योग प्रा.लि एउटा औद्योगिक प्रतिष्ठान हो र यो व्यापारी होइन । श्री ५ को सरकारको पूर्ण स्वामित्व भएको नेपाल विद्युत प्राविधिकरण (साविक नेपाल विद्युत कर्पोरेशन) लाई यस उद्योगको उत्पादन ०.०२५ वर्ग इन्चको गोफर ए.सी.एस.आर.कन्डक्टर यस उद्योगबाट खरीद गर्ने गरेको छ र उक्त कन्डक्टर काठमाडौंमा नेपाल विद्युत प्राधिकरणको गोदाममा दिनु पर्ने शर्त भएको छ । न.पं. (कार्य व्यवस्था) नियमावलीको नियम ७(१) मा जुनसुकै किसिमको व्यापारीहरूसँग निजले सो क्षेत्रभित्र बिक्री गर्ने माल मूल्यको रु. १००।– मा।५० पैसामा नबढाई कर उठाउन सक्नेछ भनी व्यापारीसँग मात्र त्यस्तो कर उठाउन पाउने अरुसँग नपाउने व्यवस्था गरेको छ । कानुनमा यस्तो व्यवस्था हुँदा हुँदै विपक्षी का.न.पं.ले नेपाल विद्युत प्राविधिकरणलाई यस उद्योगबाट आपूर्ति गरिएको र गरिने अहिले भएको र पछी ल्याउने उल्लिखित कन्डक्टरहरूमा न.पं. (कार्य व्यवस्था नियमावली) को नियम ७(१) बमोजिम कर बुझाउनु पर्छ नत्र छाडदिन भनी जवरजस्ती ना.अं.ख. २१०८ नं.ट्रकमा ल्याएको उक्त कन्डक्टरहरू सहित ०४२।८।९ देखि का.न.पं. डिपो कर थानकोटमा रोकी राखेका छन् यसरी रोकेको विषयमा रोक्का पुर्जी दिनु होस् अथवा यो कानुन अन्तर्गत कर तिर्नु पर्छ भनी दिनु होस् भन्दा लिखित रुपमा कुनै कुरा गरिएको छैन र थानकोट प्रहरी चौकीको मद्दतबाट उक्त ट्रक रोकिएको छ । ३. उद्यमीलाई न.पं.(कार्य व्यवस्था) नियमावलीको नियम ७(ख.१) मा उल्लिखित व्यापारी भित्र पर्छ भनी अर्थ गर्नु हुँदैन । प्राइभेट फर्म रजिष्ट्रेशन तथा नियमावलीहरूमा औद्योगिक व्यवसाय र बाणिज्य व्यवसायलाई अलग अलग व्यवस्था गरिएको छ । औद्योगिक धरान र व्यापारीक धरान अलग अलग हुन् भन्ने विश्व भरी नै मानी आएकोले उद्योगलाई व्यापार भित्र समावेश गर्न मिल्दैन । नेपाल विद्युत प्राधिकरण श्री ५ को सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्था हो यसको नाममा भएको र हुने सम्पूर्ण सम्पत्तिको स्वामित्व श्री ५ को सरकारमा छ । नगर पं.(कार्य व्यवस्था) नियमावली, ०२० को नियम ८(क) अनुसार श्री ५ को सरकारको मालसामानमा कर लगाउन नपाउने