निर्णय नं. ३२९१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२९१ - ज्यान भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/१९ २१५८ निर्णय नं. ३२९१ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४२५ सम्वत् २०४३ सालको फौ.पु.नं. ५५० ” ” ” ५५१ ” ” ” ५५२ ” ” ” ५५३ सम्वत् २०४३ सालको फौ.साधक.नं. १२५ मुद्दा : ज्यान । पुनरावेदक:जि.सर्लाही मानपुर गा.पं.वडा नं. ९ घर भै जि.का.कारागार काठमाडौंमा थुनामा बस्ने टैटा हजरा दुसाध । ऐ.ऐ सुन्दरपुर चुअडवा गा.पं. वडा नं.४ बस्ने खदल भन्ने रामस्वरुप साह कलबार । ऐ.ऐ वडा नं.३ बस्ने विल्टु भन्ने राजकिशोर राय यादव । ऐ.ऐ बस्ने ब्रम्हदेव राय यादव । ऐ.ऐ बस्ने भागीरथ राय यादव । ऐ.ऐ बस्ने रामस्वरुप राय यादव । ऐ.ऐ बस्ने किशोर साह कलवार । ऐ.ऐ बस्ने कपीलदेव साह कलवार । ऐ.ऐ बस्ने माधो साह कलवार । ऐ.ऐ वार्ड नं. ३ बस्ने विगाराय यादव । ऐ.ऐ बस्ने किशोर साह बनिया । ऐ.ऐ वार्ड नं.४ बस्ने राम औतार रय यादव । ऐ.ऐ बस्ने गोनौर राय यादव । ऐ.ऐ बस्ने वलदेव राय यादव । ऐ.ऐ बस्ने साविक वार्ड नं.६ हाल वा.नं.३ बस्ने रमावती लाल कायस्थ । ऐ.ऐ बस्ने गुदर साह कलवार । विरुद्ध प्रत्यर्थी/वादी: भनसरीया दुसाधनीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।९।१९।१ मा प्रतिवादी मध्येको टेण्टा हजारा दुसाधले प्रहरीमा घटनाक्रमको विस्तृत विवरणको व्याख्या गरी हसेरी साथ वारदातमा हाजिर रही मृतकलाई १।२ लाठी कसेर हिर्काएको र लाश गाडी आएकोमा पूर्ण साविती भएको र सो सावितीलाई अन्यथा सफाई दिन मिल्ने किसिमको भरपत्यार लायकको कानुनी प्रमाण निजबाट पेश दाखिल भए गरेको पनि पाइँदैन, यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) अनुसारको कृयाकलापसँग मिल्दो अवस्थाको वारदात भन्न मिल्ने देखिँदैन कारण ज्यानसम्बन्धीको १४ नं. हेर्दा लाठी ढुङ्गा लात मुक्का इत्यादीले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मारेमा दश वर्षकैद गर्नु पर्छ भन्ने किटानी व्यवस्था भएको र वारदात र प्रतिवादी टेण्टाको बयान सावितीलाई राम्रोसँग हेर्दा हसेरी समेतका जन समूह बीचको वारदातमा लाठीले हानेको देखिएको र यही प्रतिवादीका चोटबाट नै मृत्यु भएको हो भन्ने किटानी जाहेरी पनि देखिँदैन । यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) नं.सँग मिल्ने वारदात नदेखिने। (प्रकरण नं. ३७) यो यो किसिमबाट यसरी यो हतियार मृतकमा प्रयोग गरी मरे मारेको हो भन्ने किटानी जाहेरी तथा चस्मदिदबाट पनि खुल्न नआएको र अदालतमा आई पूर्ण इन्कार रहेको र मृतकलाई ज्यान मार्ने मतलबमा पसी मर्नबाट भाग्न उम्कन नपाउने काम गरी मार्ने संयोग पारिदिएको सबूद प्रमाण मिसिल संलग्न कागजातबाट समेत देखिन नआएकोले पुनरावेदक प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(२) अनुसार ५ वर्षकैद गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. ३७) पुनरावेदन, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विद्वान अधिवक्ता श्री गणेशराज शर्मा प्रत्यर्थी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१९ को फैसलामा चित्त बुझेन भनी उपरोक्त प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. २०३३।३।८ गते कलारी नदीमा बाँध बाध्न गई फर्किदा सुन्दरपुर गा.पं. को प्र