निर्णय नं. ३२९२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२९२ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०८/२४ १९७७ निर्णय नं. ३२९२ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ४१५ सम्वत् २०४३ सालको फौ.सा.नं. ९७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:नुवाकोट जिल्ला बुधसिंङ गा.पं. वार्ड नं.३ घर भै हाल जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको प्रेम राज श्रेष्ठ । ऐ.ऐ घर भै हाल ऐ.ऐ थुनामा बस्ने तेज बहादुर श्रेष्ठ । ऐ.ऐ घर भै हाल थुनामा बस्ने बुद्धिमान श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: कृष्णलाल श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी:नुवाकोट घर भै हाल जि.का.कारागार शाखा काठमाडौंमा रहेका प्रेमराज श्रेष्ठ । ऐ.ऐ बस्ने तेज बहादुर श्रेष्ठ । ऐ.ऐ बस्ने बुद्धिमान श्रेष्ठ । फैसला भएको मिति: २०४४।८।२४।५ मा मृतकलाई मार्ने पूर्व योजना समेत बनाई धारिलो हतियारद्वारा पटकपटक प्रहार गरी मरिसकेपछि पनि लाशमा पटकपटक धारिलो हतियार प्रयोग गरी हानी मारेको देखिन आएकोले मिसिल संलग्न उपरोक्त प्रमाण आधारबाट निज प्र.प्रेमराज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्ने । (प्रकरण नं. २०) हतियार प्रयोग गर्दा कुनै प्रकारको रोक छेकवार समेत नगरी ज्यान मार्नमा संयोग पारी दिई ज्यान मरी सकेपछि पनि घिसारी झिक्राले छोपी आएको भन्ने देखिन आएको छ निज उपर सह अभियुक्तको पोलाई भएको समेत देखिन्छ, धारिलो हतियार प्रहार गरेको कुरामा निज प्र.तेजबहादुर इन्कार रहे तापनि निजको ज्यान मार्नमा संलग्नता मिसिल संलग्न अन्य प्रमाणबाट समर्थन देखिन आएकोले निजलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २१) प्रतिवादीको उमेर १६।१७ भन्ने निजले गरेको प्रहरी र अदालतको बयानबाट देखिन्छ, मर्नेलाई ठीक गर्ने भन्ने सल्लाहमा निज उपस्थित नभएको तर पछि निजको भिनाजु र दाजुको साथ घटनास्थलमा उपस्थित भई ढुङ्गाले हिर्काएको समेत देखिएको र निजको कलिलो उमेर समेत हुँदा निजलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने हुँदा निज बुद्धिमानको हकमा जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम ५ वर्षको सजायँ हुने। (प्रकरण नं. २३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ता श्री नरहरी आचार्य विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।२।२६ को इन्साफ उपर चित्त नबुझी प्रतिवादीहरूको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ। मेरा एकाघरका भाइ लाल बहादुर श्रेष्ठले प्रेमराज श्रेष्ठको विवाहिता श्रीमती कान्छी श्रेष्ठलाई जारी गरी ल्याई जारी समेत तिरिसकेको छ । निज प्रेमराजले अझैसम्म पनि जार हो भनी रिस ईवी लिई हिंडेका थिए । त्यस्तैमा मिति ०४१।७।१० गते अं.३ बजे मेरा भाइ लाल बहादुर श्रेष्ठ आफ्नै दासा चौर गोठबाट गाई गोरु चराउन देउराली भन्ने जङ्गलमा गएकोमा प्रेमराज श्रेष्ठ समेतले पुरानो रिस ईवीहरू लिई खुकुरी प्रहार गरी कर्तव्य गरी मारेकोले विपक्षी प्रेमराजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने कृष्णलाल श्रेष्ठको मिति २०४१।७।११ को जाहेरी दर्खास्त। २. दायाँ हातको कुम र गर्धन काटिएको टाउको छुट्टिएको बाँया कुहिनादेख