निर्णय नं. ३२९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/२१ २०९५ निर्णय नं. ३२९३ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. १९४४ विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :दोलखा जिल्ला लामा बगर कार्यालयको वहिदार हाल ऐ.माढी गा.पं.वार्ड नं. ३ मामु माढी गाउँ बस्ने दुर्गा बहादुर बस्नेत । विरुद्ध प्रत्यर्थी : का.जि.त्रिपुरेश्वर स्थित श्री ५ को सरकार भन्सार विभाग । दोलखा जिल्ला स्थित श्री ५ को सरकार लामा बगर भंसार कार्यालय । आदेश भएको मिति:२०४४।९।२१।३ मा निजामती सेवा ऐन, २०१३ को दफा ६(१) मा कुनै निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गर्न वा दर्जा तलब घटाउन हुँदैन भन्ने व्यवस्था गरेको पाइन्छ, रिट निवेदकलाई उक्त कानुनी व्यवस्था अनुसार सफाईको मौका नै नदिई नोकरीबाट हटाएको कानुन अनुरुप भएको भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ : २. श्री ५ को सरकार लामा बगर छोटी हुलाक अन्तर्गत स्थायी हुलाकी पदमा ०३२।७।१६ देखि नियुक्ति पाई अविछिन्न सेवा गर्दै आएकोमा २०४२ साल आश्विन महिनामा प्रत्यर्थी नं.२ ले बहिदार पदको नियुक्ति खुल्ला प्रतियोगिताद्वारा गर्ने भएकोले जाँच दिई उक्त कार्यालयको ०४२।६।२९ च.नं. ६३ को पत्रद्वारा स्थायी नियुक्ति २०४२।७।१ देखि लागू हुने गरी पाएकोले साविकको हुलाकीको पदबाट मैले सोही २०४२।७।१ देखि लागू हुने गरी राजीनामा दिई लामा बगर भन्सार कार्यालयमा सेवा गर्दै आएको छु । एक वर्षे परीक्षण कालमा मेरो कुनै पनि खराब आचरण छैन र मेरा पदानुरुपको सेवा कार्यमा कार्य कुशलता पाइएको थियो । ३. २०४३।६।२१ च.नं. ७६ को प्रत्यर्थी नं.२ को रजिष्टर्ड पत्र मिति २०४३।७।१ मा स्थानीय हुलाक मार्फत मैले पाएँ । बहिदार पदको मेरो नियुक्ति भन्सार विभागको ०४३।४४ च.नं.२८६ मिति ०४३।६।१६ को पत्रद्वारा बदर भएको र मलाई सेवाबाट बर्खास्त गरेको थाहा पाएँ। प्रत्यर्थी नं. १ को निर्णयको प्रतिलिपि माग गरे सो निर्णयको प्रतिलिपि यहाँ हामी सित छैन भन्ने जवाफ वडा दशैंको विदा पछि कार्यालय खुलेको दिन ०४३।७ मा मौखिक रुपमा प्रत्यर्थी नं. २ बाट पाए चित्त नबुझी तुरुन्त काठमाडौं गई प्रत्यर्थी नं. १ बाट के कसो भएको रहेछ भनी बुझ्ने प्रयास गर्दा कुनै कुरा मलाई थाहा दिन मौखिक कुराकानी हुँदा मै अस्वीकार गरियो । श्री ५ को सरकार अर्थमन्त्रालय भन्सार विभागले मिति २०४३।६।१६ मा लामा बगर भन्सार कार्यालयमा लेखि पठाएको पत्रमा त्यस कार्यालयको मु.पदमा २०४३।१।३ देखि इन्द्रबहादुर थापा बढुवा नियुक्ति भएका तर बहिदार पदमा २०४२।६।२९ मा नै दुर्गाबहादुर बस्नेतलाई स्थाई नियुक्ति गरेको सम्बन्धित फायल प्राप्त भई पेश हुँदा लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए अनुसार रिक्त पद पूर्ति गर्ने कार्यविधि निर्देशिका अनुसार घटीमा ३० दिनको म्याद राखी विज्ञापन गर्नु पर्नेमा नगरेको दर्खास्त दिने अन्तिम मिति भ