निर्णय नं. ३२९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/११/१० २१०२ निर्णय नं. ३२९४ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको रिट नं. १४१९ विषय : उत्प्रेषण । निवेदक : जिल्ला झापा धुलाबारी गा.पं. वडा नं. ९ बस्ने श्रीमती गोमा कार्की । विरुद्ध प्रत्यर्थी : श्री नेपाल चिया विकास निगम लि.प्रधान कार्यालय धुलाबारी झापाको बिक्री केन्द्र ग २६८६ बागबजार काठमाडौं । अध्यक्ष तथा महाप्रबन्धक श्री सुन्दर जंग राणा नेपाल चिया विकास निगम काठमाडौं । आदेश भएको मिति: २०४४।११।१० मा हस्ताक्षर कीर्ते गरी राजीनामा दिएको भन्ने विषयमा मुलुकी ऐन कीर्ते कागजको महल बमोजिम कारवाही हुनसक्ने कानुनी व्यवस्था मौजूद नै रहेको पाइन्छ, सद्दे कीर्ते छुट्याई निर्णय दिने विषय रिट क्षेत्रभित्र पर्न आउने विषयवस्तु नभएको हुँदा कानुनी रुपबाट कारवाही हुन सक्ने विषयमा नेपालको संविधान, २०१९ को धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्र आकर्षित हुन नसक्ने । (प्रकरण नं. ८) निवेदीका तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ । २. नेपाल चिया विकास निगममा मिति २०३७।७।२९।६ देखि दैनिक ज्यालादारीमा नियुक्त भई सेवा प्रारम्भ गरेको, मिति २०३९।३।१ देखि प्रधान कार्यालयको सहायक पदमा ६ महिनाको अस्थायी नियुक्ति पाई काम काज गरिआएको, लोकसेवा आयोगको पद पूर्ति समितिको सिफारिश अनुसार सोही कार्यालयको सहायक पदमा मिति ०४१।३।२५ मा स्थायी नियुक्ति भई ६ महीने परीक्षणकाल समेत विताई मिति ०४१।९।२५ देखि स्थायी पदमा कर्तव्यनिष्ट बफादारीका साथ सेवा गर्दै आइरहेको घर बिदा र बिरामी विदा समेत स्वीकृति गराई मिति २०४४।५।१५ देखि १९ सम्म विदामा बसेको अवस्थामा पत्र पाएको मितिले ७ दिन भित्र अर्को आदेश नपाउन्जेल कृषि मन्त्रालयमा हाजिर हुन जाने जानकारी समेत प.सं.३१ मिति ०४४।४।१५ को पत्र मेरो घरमा मलाई बुझाइएको रमाना सहित प्राप्त पत्रको आधारमा काज खटिएको कार्यालयमा हाजिर हुने म्यादमा बिरामी भई बसेको च.नं.७० मिति ०४४।४।२० को पत्र मिति २०४४।४।२५ का दिन घरमा बुझाउँदा तपाईले मिति २०४४।४।२० मा दिनु भएको राजीनामा स्वीकृति भएको व्यहोरा जानकारी गराइएको भन्ने रहेछ । मैले राजीनामा लेखि नदिएको तथाकथित राजीनामा बारे वास्तविक कुरा नबुझी मेरो राजीनामा भनी स्वीकृत गरेकोमा राजीनामा बदरको लागि दिएको निवेदन उपर पनि गैरकानुनी कारवाही गरी नदिएको राजीनामालाई तथाकथित राजीनामा बनाई कार्यालयमा हाजिर नभई विदामा बसिरहेको व्यक्तिलाई झुठ्ठा राजीनामाबाट नोकरी बर्खास्त गर्ने गरेको निर्णय नेपाल चिया विकास निगम लि.कर्मचारी सेवा शर्त नियमावली, २०४२ को परिच्छेद ८ को नियम ८.२ (ख) विपरीत भएको, साथै ऐ.ऐनको नियम ८.१ (क) को अधिकारबाट पनि वञ्चित गरेकोले संविधानको धारा १०(१) तथा धारा १५ द्वारा प्रदत्त हकको समेत हनन् भएबाट संविधानको धारा १६ तथा ७१ अन्तर्गत साविक बमोजिमको पदमा पुनर्बाहालीको लागि परमादेशको आदेश जारी गरी पाउनुको साथै सर्वोच्च अदालत नियमावली (संशोधन सहितको), २०२१ को नियम ५८(३) बमोजिम अन्तरिम आदेश समेतबाट विपक्षीको निर्णय कार्यान्वयन नगर्नु भन्ने गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन । ३. यसम