निर्णय नं. ३२९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/१७ २०३० निर्णय नं. ३२९७ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रि.नं. २२०३ विषय : उत्प्रेषण । निवेदक :जि.मोरङ विराटनगर न.पं. वार्ड नं. ५ बस्ने किसनलाल मण्डल धानुक । ऐ. कन्चनवारी गा.पं. वार्ड नं.२ बस्ने बाल कृष्ण धानुक । विरुद्ध विपक्षी : श्री ५ को सरकार, गृह मन्त्रालय । श्री ५ को सरकार कोशी अञ्चलाधीश कार्यालय । जिल्ला कार्यालय,मोरङ । जिल्ला प्रहरी कार्यालुय,मोरङ । विराटनगर न.पं. वार्ड नं.५ शोभादेवी अधिकारी । आदेश भएको मिति: २०४४।१०।१७।१ मा निजहरूको बाबु मौलिदास भारतीय भनी बालकृष्णले भरेको १ नं. अनुसूचीबाट प्रष्ट भएको भन्ने लिखित जवाफको व्यहोरा अन्य प्रमाणबाट खण्डन हुनसकेको देखिएन, यस्तो अवस्थामा भारतीय नागरिक भएका मौलिदासका छोरा निवेदकहरू बंशजको नाताले नेपाली नागरिकता लिएकोलाई विवरण ढाँटी लिएको रहेनछ भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ११) झुठ्ठो विवरण वा बयान दिएर जन्म वा वंशजको नाताले नेपाली नागरिक भनी नागरिकताको प्रमाणपत्र लिएकोमा त्यस्तो प्रमाणपत्र श्री ५ को सरकारले रद्द गर्न सक्ने । (प्रकरण नं. ११) जहाँ प्रष्ट रुपमा कानुनले कसैलाई केही गर्न अख्तियार दिन्छ भने त्यस्तो अख्तियार होइन छैन भन्ने नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा, विद्वान अधिवक्ता श्री प्रकाश बस्ती उल्लिखित मुद्दा:सम्वत् २०४१ सालको रि.फु.नं. ५५ निवेदक श्री ५ को सरकार विपक्षी एलिजावेथ तामाङ भएको बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनमा सर्वोच्च अदालत फुल बेञ्जबाट ०४१।५।८।५ मा सिद्धान्त प्रतिपादित आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. हामी निवेदकहरू समेतका बाजे सुखलाल १९७० वि.सं. तिर भारतबाट मोरङ आई बसोवास गर्नु भएको भारत मै जन्मेका हाम्रा जेठा बाबु बोचाईदास र नेपाल आएपछि जन्मेका हामी निवेदकका पिता मौलिदास काका नन्दुदास र नेतिदास समेत ४ छोरा थिएँ । जेठा बाबुको छोरा गोपाल र हामी निवेदकहरू तथा काकाहरू एवं हाम्रा पिता मोरङ क्षेत्रमा नै बसोवास गरी खेतीपाती गरी जीवनयापन गरी आएका थियौ । जेठा बाबाको २००० साल तिरै मृत्यु भएको र हामी निवेदकका पिता २०२६ मा र काका नन्दुसास २०३८ सालमा परलोक हुनुभएको र कान्छा वा नेतिदास, जेठाका छोरा गोपाल र हामी मोरङ मै खेती किसान गरी जीवनयापन गर्र्दै आएका छौं । हामी मध्ये म किसनलालले २०३९।१।१३ मा र म बालकृष्णले ०३१।१२।४ मा बंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थियौ के कसको उजूरीले वा के कुन आधारले हो हामी निवेदकहरू समेतलाई विपक्षी अञ्चलाधीश कार्यालयले आ–आफ्नो नागरिकताको प्रमाणपत्र लिई आउनु भने अनुरुप दुई वर्ष अघि बोलाइएको र केही सोधपुछ समेत गरेको थियो । हाम्रो नागरिकता प्रमाणपत्र समेत खिचेको थियो । पछि केही गरिएन । ०४२।१०।२७ मा भू.सु.का. मोरङले म बालकृष्णलाई दिएको बोधार्थ ऐ. २९ गते प्राप्त गरी हेर्दा ०४२।९।४ को श्री ५ को सरकारको निर्णय अनुसार मोही अनागरिक भएको भन्ने उल्लेख भएको रहेछ । म किसनलाले पनि भाइको नागरिकता यसरी रद्द भएको