निर्णय नं. ३२९८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९८ - हक सफा भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०८/१६ २१७५ निर्णय नं. ३२९८ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् ०४२ सालको दे.पु.नं. ५३८ मुद्दा : हक सफा । पुनरावेदक/वादी: जिल्ला महोत्तरी पिगौना गा.पं.वडा नं.१ कोहाल वडा नं. ९ बस्ने नन्द साहु सुडी। विरुद्ध विपक्षी/प्रतिवादी: जिल्ला महोत्तरी पिगौना गा.पं. वडा नं. ८ बस्ने रामरेखन भूमिहार । ऐ.ऐ बस्ने टंक साहु सुडी । फैसला भएको मिति: २०४४।८।१६।४ मा रजिष्ट्रेशन पास गर्न लागेकोले रोक्का गरिपाउँ भनी निवेदन दिएकोबाट जुन मितिमा बिक्री भयो सोही मितिलाई थाहा पाएको मिति कायम गरी गरेको मिति ०३६।१।२१ को खारेजी फैसला कानुनसंगत नदेखिँदा बदर गरी दिएको छ भनी जनकपुर अञ्चल अदालतले मिति ०३८।३।१०।४ मा गरेको फैसलाले हदम्यादको प्रश्नलाई टुंग्याएको पाइन्छ, लेनदेन व्यवहारको ११ नं. अनुसार मुख्यले थाहा पाएको भन्ने व्यवस्था भएको तर बिक्री व्यवहार गर्ने व्यक्ति नै एकाघर सगोलका मुख्य व्यक्ति नै भएकोमा यो व्यवस्था लागू हुन्छ भन्न मिलेन, एकासगोलको व्यक्तिले सुक्री बिक्री गरेकोमा ६ महिनाभित्र नालेश दिएको म्याद भित्रकै मान्नु पर्ने । (प्रकरण नं. १७) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी पुनरावेदक वादी नन्द साहू सुडीको यस अदालतमा पर्न आएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत हक सफा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. विपक्षी मध्येका ढका साहु सुडी मेरो दाजुले आफ्नो अंश भागको महोत्तरी एकरहीया गा.पं.वडा नं. ७(क) को कि.नं. ३६७ को ०६–१८ जग्गा रामनिरेशन रायलाई रु. ५०००।–मा मिति २०२८।६।२७ मा थाहा नदिई बिक्री गरेकोमा तत्कालिन भूमिप्रशासन कार्यालय महोत्तरीमा निवेदन परेकोमा निखन्न नपाउने गरी निर्णय भएकोमा मेरो चित्त नबुझी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुनरावेदन गरेकोमा मैले जिती पाएको सो उपर विपक्षीको उजूर म.क्षे.अ.मा परेको सो अदालतबाट प्र.जि.अ.को निर्णय मनासिब ठहर्‍याई फैसला भएको सो उपर सर्वोच्च अदालतमा निवेदन पर्दा क्षेत्रीय अदालतको समेत निर्णय बदर गरी रजिष्ट्रेशनका ३५ नं. बमोजिम नालेश गर्न सुनाउनु पर्ने नसुनाएकोले सो बमोजिम गर्नु भनी फैसला भएको र माल कार्यालयबाट ०३५।६।१५ मा सुनाइएको हुँदा नालेश गर्न आएको छु । कि.नं. ३६७ को जग्गा निखनाई पाउँ भन्ने समेत व्यहोराको नन्द साह सुडीको फिरादपत्र । ३. म्याद नाघी उजूर गरेको वादीले आफू छुट्टीएको भनी देखाएको प्रमाणबाट छुट्टिएको ठहर हुन नसक्ने अशंबण्डा नभएको कुरा ०२८।६।२६ को निवेदनबाट समेत देखिन आएको र मालपोत कार्यालयलाई सुनाउने अधिकार सर्वोच्च अदालतको फैसलाले दिएको छैन भन्ने व्यवहार रामनिरखन रायको प्रतिउत्तर । ४. सगोलमा मुख्यले थाहा पाएकोमा अरुले थाहा पाएको ठहर्छ भनी लेनदेन व्यवहारको ११ नं.मा उल्लेख भएबाट बिक्री गर्दा मैले थाहा नपाएकोले जग्गा जोत्न जाँदा मात्र थाहा पाएको भन्ने भनाई कानुन अनुकूल नहुँदा अ.बं. ८० नं.ले फिराद खारेज हुने ठहर्छ भन्ने महोत्तरी जिल्ला अदालतको फैसला । ५. उक्त खारेजी फैसला कानुनसंगत नहुँदा बदर गरी दिएको छ, जो बुझ्नु प