निर्णय नं. ३२९९ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९९ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/०५ २५७४ निर्णय नं. ३२९९ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४२ सालको दे.पु.नं. ४६१ मुद्दा : जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ । पुनरावेदक/प्रतिवादी: कृष्णध्वजको मु.स. गर्नेहरू जि.का. काठमाडौं न.पं. वडा नं. २९ बस्ने रामलाल ध्वबी । ऐ.ऐ बस्ने परमेश ध्वबी । ऐ.ऐ बस्ने बानीभाई ध्वबी । ऐ.ऐ बस्ने मंगलमाया ध्वबी । ऐ.ऐ बस्ने श्याम कुमार ध्वबी । विरुद्ध विपक्षी/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार । निवेदक/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. वडा नं. २९ बस्ने कृष्ण ध्वबीको मु.स. गर्ने रामलाल ध्वबी । फैसला भएको मिति:२०४४।९।५।१ मा भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुई खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नु पर्छ भन्ने बाध्यता अंशियार भाइलाई पर्छ भन्न मनासिब नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक, प्रतिवादीकोतर्फबाटः विद्वौन वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल निवेदक, वादीकातर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश बस्ती उल्लिखित मुद्दा: नि.नं. ७२० को निवेदक उज्यालो कवनी समेत विरुद्ध भोलाप्रसाद बुढा समेत भएको जग्गा टक मुद्दामा मिति ०२९।७।१५।३ मा फुल बेञ्जबाट सिद्धान्त प्रतिपादित । फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को इन्साफमा पुनरावेदन गर्ने फैसला अनुमित पाउँ भन्ने प्रतिवादी रामलालको निवेदनमा अनुमति प्रदान भई र इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भइआएको पुनरावेदक वादी बेलमायाको निवेदन समेत बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न बमोजिम छ । २. पूर्व कृष्ण धोवीको घर जग्गा पश्चिम बाटो, उत्तर शुकवीर ज्यापूको घर, दक्षिण आफ्नै फुलबारी चौर यति ४ किल्लाभित्रको पूर्व पश्चिम लङको लेन चौरको दक्षिण मोहडा पूर्व पश्चिम लम्बाई हात १२।। को २ नाले ३ कबले घर र सो घरले चर्चेको बारी बगैंचा लगायत समेत फिरादीका पति श्यामबहादुरलाई २०२४।१०।३ मा भोगबन्धकी पास गरिदिएको भोग बन्धकी दिएको घर जग्गा फिरादीसँग रु. १२०००।– लिई हर्षबहादुर धोवीले समेत हा.नं. ६५१ मा दर्ता गराएको पोत रु.।९८ बुझाउन पर्ने लैनचोरको घर घडेरीको घर घडेरी रो. ०–४–० राजीनामा र उक्त जग्गामा बनेको पूर्व पश्चिम लम्बाई फिट १८ उत्तर दक्षिण चौडाई फीट १९।। का पक्की गारो ३ तले दक्षिण मोहडा भएको टायल छाना भएको घर फार्से लेखाई २०२६।६।१४ मा रजिष्ट्रेशन पास गरिदिनु भएको सो मितिदेखि भोगचलन गरी तिरो भरो गरी आएको छु नापी टोली आउँदा आफ्नो घरबारी नाप गराउन जाँदा अघिनै नापी भइसकेको भन्ने जवाफ पाई भू.प्र.का.मा बुझ्दा कि.नं. ६५ बाट नापी भइसकेको भन्ने जवाफ पाई ज.ध.प्र.पू. पाउँ भनी भू.प्र.का.का.मा निवेदन दिँदा उक्त का.बाट ०३४।११।१२मा तेरो मेरो देखिएकोले आफ्नो हक कायम गराई आउनु भनी ठहर पर्चा भएपछि सो घरबारी समेत विपक्षीले आफ्नो नाउँमा दर्ता गराएको रहेछ फिरादीको हकभोगको घरबारी झुठ्ठा कुरा देखाई आफ्नो ना