निर्णय नं. ३३०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/१९ २३१० निर्णय नं. ३३०० ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नं. २६०१ विषय : उत्प्रेषण । निवेदक : जि.सिराहा गा.पं.डुमरी वार्ड नं. १ बस्ने प्रगासी यादवनी । ऐ.ऐ बस्ने रामराजी यादवनी । विरुद्ध विपक्षी : भू.सु.का. सिराहा । जि.सिराहा गा.पं. डुमरी वार्ड नं.१ बस्ने दशैं पासवान । आदेश भएको मिति:२०४४।१०।१९।३ मा बेग्लाबेग्लै कित्ता जग्गाका बेग्लाबेग्लै जग्गाधनी उपर मोही हकको प्रमाणपत्र पाउँ भनी छुट्टा छुट्टै नालेश उजूर गर्न पर्ने । (प्रकरण नं. ७) अ.बं. ७२ नं.को विपरीत हुने गरी बेग्लाबेग्लै कि.नं.जग्गाको बेग्लाबेग्लै जग्गाधनी भएको देख्दा देख्दै एउटै नालेश उजूर लिई विपक्षीलाई मोही ठहर्याई मोहियानी हकको प्रमाणपत्र समेत जनाई दिने ठहर्याएको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ७) रिट, निवेदकको तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षीको तर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ । २. ज.ध. रमेशभक्त मलाहाको नाउँको जि.सिराहा गा.पं. सितापुर वार्ड नं. ६ कि.नं. ९८ को ०—४—७ ऐ. कि.नं. १५३ को ०–१२—६ ऐ. कि.नं. १४६ को ०—६—१४ समेतका जग्गा भूमिसम्बन्धी ऐन सम्बन्धी ऐन लागू हुनु भन्दा पहिले देखिनै जोती आएको छु । २ नं. अनुसूची प्रकाशित भई ४ नं. समेत पाई २०३८ सालको भर्पाई समेत हुँदा उक्त जग्गाको मोही हकको स्थायी निस्सा पाउँ भनी विपक्षीले भु.सु.का मा निवेदन दिनु भएकोमा कि.नं. १४९ र ३२८ को जग्गामा विपक्षी मोही होइन साविक जग्गाधनी महेशभक्तको कारिन्दाबाट गराई लिएको कूतबालीको भर्पाईले मान्यता पाउने होइन भनी हाम्रो प्रतिवाद भएको थियो । ४ नं.जो.अ.नि. पाइसकेको तथा गा.पं. सितापुरको सिफारिशपत्र र बाली बुझाएको भर्पाई समेतको आधारमा वादी दावी बमोजिमका जग्गाको सम्बन्धमा मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भनी विपक्षी भु.सु.का.बाट मिति ०४२।११।१४ मा निर्णय गरियो । ३. छुट्टा छुट्टै कित्ताका जग्गाका हामी निवेदकहरू छुट्टा छुट्टै जग्गाधनी भएकोमा एउटै उजूरी दिई सोही उजूरीबाट भू.सु.अ.ले निर्णय गरेको अ.बं. ७२ नं.को विपरीत छ । ४ नं. जो.अ.नि का आधारमा मोही कायम गर्न मिल्दैन । मोही हक स्थापित हुनको लागि २ नं. अनुसूची अनिवार्य रुपमा प्रकाशित भएको हुनुपर्छ सो कुरा विपक्षीको निर्णयमा उल्लेख गर्न सकेको छैन । स्वामित्वनै नभएका व्यक्तिले गरिदिएको भर्पाईले कुनै कानुनी मान्यता पाउन सक्दैन । विपक्षी भू.स.अ.को उक्त ०४२।११।१४ को निर्णयले संविधानको धारा १०,११(२)(ङ) तथा धारा १५ ले निश्चित गरी दिएको हाम्रो मौलिक अधिकारमा आघात परेकोले भू.सु.का.को उक्त मिति २०४२।११।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ४. यस अदालतको मिति ०४३।३।३१।३ को आदेशले प्राप्त हुन आएको लिखित जवाफ यसप्रकार रहेछ । ५. साविक जग्गाधनी रमेशभक्त मल्लको नामको हाल प्रगासी यादवनी र रामराजी यादवनीको छुट्टा छुट्टै दर्ता कायम भएका विवादका कि.नं. १५३, १४९ समेतका जग्गाको मोही प्रमाण