निर्णय नं. ३३०१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०१ - लेनदेन भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/२० २६९५ निर्णय नं. ३३०१ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको दे.पु.नं. ७५३ मुद्दा : लेनदेन । पुनरावेदक/वादी: जि.सुर्खेत बजेडी गा.पं. वार्ड नं. ७ बस्ने भिम बहादुर बस्नेत । विरुद्ध विपक्षी/प्रतिवादी: जि.बाँके परसपुर गा.पं. वार्ड नं. १ बस्ने कुवर अमर सिंह ठाकुर । फैसला भएको मिति:२०४४।१०।२०।४ मा जग्गाको तोकिएको सबै मूल्य तत्कालै बुझाई राजीनामा गरी लिने दिने गरी सोही व्यहोरा लिखतमा खोलिएको भए त्यस्तो लिखतलाई राजीनामा लिखत मान्नु पर्ने जग्गाको मूल्य मंसीर मसान्तमा बुझाई कार्तिक मसान्तमा राजीनामा रजिष्ट्रेशन पारीत गरी दिने गरी शर्त उल्लेख गरी लिखत भएको र लिखत मै शर्तनामाको कागज भन्ने उल्लेख भएबाट उक्त लिखतलाई शर्तनामा नभई ऋण लिखत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) शर्तनामाको कागज भएकोमा शर्तनामा बमोजिम गराई पाउँ भन्ने दावी नभई शर्तनामा उल्लंघन भएको हुँदा बुझेको रुपैयाँ फिर्ता पाउँ भन्ने दावी लिएको मिलेको नदेखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५) पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह उल्लेखित मुद्दा: २०३२ सालको दे.पु.नं. ७७ झल्लु माझी थारु विरुद्ध फुसाराम ठाकुर समेत भएको लेनदेन मुद्दामा (ने.का.प.०३५, पृ. १५०, नि.नं. ११७२) यस अदालत डिभिजन बेञ्चबाट ०३४।५।२४।६ मा फैसला भई सिद्धान्त प्रतिपादित । फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. अन्यायी अमर सिंहका नाममा दर्ता रहेको जि.बाँके उठरपुर गा.पं. वार्ड नं. १(ख) कि.नं. २३ को ज.वि. २०–५–० रु. ७२,५००।– मा बिक्री गर्ने कुरा गरी सो मोल मध्य रु. ३२,५००।– म बाट २०३४।२।२० मा बुझी लिई उसै दिनदेखि सो जग्गा मलाई चलन दिने र बाँकी रु. ४०,०००।– २०३४ साल मंसीर मसान्तसम्म बुझी लिई सो जग्गा मलाई राजीनामा गरी दिने शर्त गरी मलाई कागज गरिदिनु भएकोमा सो शर्त अनुसार मलाई चलन गर्न पनि नदिएको र बाँकी रु. ४०,०००।– लिई राजीनामा गरिदिनु होस् भनी भन्दा जग्गा राजीनामा पनि गर्दिन र बाँकी रुपैयाँ पनि बुझ्दिन, बुझेको थैली रु. ३२,५००।– साँबा ब्याज सहित बैशाख मसान्तसम्म बुझाउँला भनी जवाफ दिएकोले ०३५ साल बैशाख १८ गते र त्यसपछि सालसालै अन्यायी कहाँ रुपैयाँ माग्न जाँदा आलटाल गर्दै रहेकोले मेरो लिखत बमोजिमको थैली रु. ३२,५००।– प्रतिवादीबाट दिलाई भराई पाउँ भन्ने फिराद दावी । ३. फिराद दावी झुठ्ठा हो । वादीसँग रुपैयाँ बुझिलिएको र लिखत गरिदिएको समेत होइन वादीलाई जग्गा राजीनामा गरिदिने भनी भाषा गरेको होइन । वादीलाई मैले ल्याप्चे सहिछाप गरी कुनै लिखत गरी दिएको छैन । वादीको कथित शर्त लिखतको मितिले लेनदेनको ४० नं. को हदम्याद २ वर्षभित्र नालेश उजूर नपरेकोले वादी दावी खारेज हुनुपर्छ । सक्कल लिखत हेर्न पाएका बखत सद्दे कीर्तेमा बयान गर्ने छु भन्ने समेत प्रतिउत्तर रहेछ । ४. वादीबाट पेश भएको यो देखाइएको लिखत मेरो पक्ष प्रतिवादीले गरिदिएको होइन । लिखतमा लागेको ल्याप्चे सही प्रतिवादीले गरेको होइन, कसको सहिछाप हो थाहा छैन, कागज कीर्ते हो भन्ने समेत प्रतिवादीक