निर्णय नं. ३३०२ - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३०२ - चोरी भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/११/०३ ३३९१ निर्णय नं. ३३०२ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं. ३७४ मुद्दा : चोरी । निवेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतल बस्ने महेन्द्र के.सी. । फैसला भएको मिति: २०४४।११।३।२ मा मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको सामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिराखेको मान्नु पर्नेमा मनसायको अभाव देखिई निज प्रतिवादीलाई सफाई दिने गरेको इन्साफ समेत नमिलेको हुँदा उल्टी हुने । (प्रकरण नं. १७) झ्यालको डण्डी काटेर झ्यालबाट चोर पसी चोरी गरेको रहेछ भनी मौकामा प्रहरीमा गरेको कागजमा खुलाई लेखिएको देखिएबाट अपराध प्रहरी प्रतिवेदन दावी अनुसार चोरीको महलको १ नं.को अपराध गरेको हुँदा सोही ऐनको १२ नं. र १४ नं. को देहाय (ख) अन्तर्गत पर्ने देखिएकोले सोही नं. बमोजिम सजायँ समेत हुने ठहर्छ, चोरीको सामान तत्काल बरामद भई सम्बन्धित माल धनीले फिर्ता समेत लिइसकेको देखिनाले बिगो भराई दिइरहन नपर्ने । (प्रकरण नं. १७) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ प्रत्यर्थ,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोला: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त गरी दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. शाही नेपाली सैनिक विमान सेवा त्रिभुवन विमान स्थलमा चोरी गरी लग्न लागेको सामानहरू कार्यालयको भण्डार देखि ५० गज फरकमा चोरले भण्डारबाट लगेको देखिएको, चोर सामान छाडी भागेकोले, चोर महेन्द्र के.सी. र सामान प्रतिवेदन साथ दाखेल गरेको छौं भन्ने समेत व्यहोराको मिति २०४०।१।६ को प्रतिवेदन । ३. शुशिल के.सी.को साथमा घुम्दै जाँदा भण्डारको पछाडि पट्टि एक बोरा सामान राखेको देखि के रहेछ भनी लात्ताले हान्दा बजेकोले म एक्लैले तानी बारतिर पुर्‍याएको सेनाको मानिसले चोर भनी ढुङ्गा हानी आएकोले मैले सामान छाडी भागेको भन्ने समेत व्यहोराको महेन्द्र के.सी.ले प्रहरी समक्ष गरेको कागज । ४. अभियुक्तको बयान कागज अनुसार निजले नै चोरी गरेको थाहा भयो भन्ने समेत व्यहोराको मिति २०४०।१।२० को सरजमीन मुचुल्का । ५. प्रतिवेदन साथ दाखेल भएको मालसामान हेरें सामान सरकारी हो चिने सनाखत गरें भन्ने समेत व्यहोराको रञ्जित सिंह थापाको मिति २०४०।१।२२ को सनाखत कागज । ६. महेन्द्र के.सी. उपर चोरीको महलको १, ३, १२, १४ र १ नं. अनुसार कारवाही सजायँ भई दाखेल भएको सामान माल धनीलाई फिर्ता हुन र शुशिल के.सी.का हकमा केही नगरिने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ७. प्रहरी समक्ष भएको बयान राजिखुशीबाट भएको हो । २०४०।१।९ गते बेलुकी ५ बजेतिर चोरी गर्ने उद्देश्यले सामानको बोरा तानी विमानस्थल नजिकको पुलसम्म ल्याएको थिएँ, भन्ने समेत व्यहोराको महेन्द्र के.सी.ले अदालत समक्ष दिएको बयान । ८. २०४०।१।९ मा म र महेन्द्र त्रिभुवन विमानस्थल नगएको चोरी गरे भनेको सामान नदेखेको भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएको सूर्यलाल के.सी.बाट भ