निर्णय नं. ३३०३ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०३ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/१२ २५०३ निर्णय नं. ३३०३ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नम्बर १८४३ विषय : उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं. ६ बस्ने मान बहादुर बस्नेत । विरुद्ध प्रत्यर्थी : नेपाल बैंक लिमिटेड, सघन बैकिंग कार्यालय, चन्द्रनिगाहपुर । नेपाल बैकं लिमिटेड,प्रधान कार्यालय,काठमाडौं । जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं.६ बस्ने जामुन साह । आदेश भएको मिति: २०४४।९।१२।१ मा निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं बेहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले सो कारोबार गर्दा उत्पन्न दायित्व अख्यिार दिने व्यक्तिले नै व्यहोर्नु पर्ने हुन आउँछ, कारोबारको लिमिट भन्ने कतैबाट नदेखिए पछि अख्तियार प्राप्त व्यक्तिले गरेको कारोबारबाट उत्पन्न दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं. १०) धितोबाट बैंकको साँवा ब्याजको पूरा रकम असूल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति संस्था वा उद्योगको अरु जायज्यथाबाट बैंकले लिलाम बिक्री गरी असूल उपर गर्ने सक्नेछ भन्ने व्यवस्थाबाट बैंकको असूल उपर गर्नु पर्ने साँवा ब्याज बैंकलाई लेखि दिएको सुरक्षण धितोबाट असूल उपर हुन नसकेमा ऋणीका अन्य श्रीसम्पत्तिबाट असूल गर्न सकिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मैले पाएको रु. २०,०००।— सम्मको लिमिट बराबरको कारोबार गर्न जामुन साहलाई अख्तियार दिएको थिएँ । जामुन साह र बैंकका कर्मचारी मिली मैले प्रदान गरेको अख्तियारी र मैले प्राप्त गरेको लिमिट भन्दा बढी गलतबस्तु धितो लिई कर्जा लिई कर्जा लिनु दिनु गरेमा म निवेदकले अख्तियार दिएकै कारणले मात्र गैरकानुनी रुपमा दिएको कर्जाको भार म निवेदकमा आउन नसक्नेमा कागजमा खाद्यान्न उल्लेख गरी बैंकका कर्मचारी र निज जामनु साह मिली केही दुषित बस्तु राखि लिएको कर्जा र मान बहादुर थापाको नोक्सानी कर्जा समेत जोडी मेरो नाममा ५०,४१४।– गरी धितो लिलामबाट उठेको रु. १९,१८२।७७ कट्टा गरी बाँकी देखिएको रु. ३१,२३१।८८ विपक्षी नं. १ बैंकको मेरो नाममा बचत हि.नं. १७।१ मा जम्मा रहेको रुपैयाँबाट कट्टा गरेको व्यहोरा ०४३।५।२९ मा विपक्षी बैंकका कर्मचारीले मेरो पासबूकमा विवरण भर्दा जानकारी हुन आयो । ३. मैले बैंकसँग कारोबार गर्न रु. २०,०००।—सम्मको मात्र लिमिट पाएको हुँदा सो भन्दा बढी लिमिटको फाराम भरेको रहेछ भन्ने पनि म त्यसको जिम्मेवार हुन्न । बाणिज्य बैक ऐन, २०३१ को दफा ४७ को सुरक्षण लाई लिलाम बिक्री गर्न पाउने मात्र अख्तियार दिएको हुँदा सुरक्षणमा नदिएको बचत खाताबाट अर्कोको कर्जा समेत कट्टा गर्ने गरेको कारवाही बदर गरी मेरो खाताको रुपैयाँ मलाई दिनु भन्ने आदेश जारी गरिपाउँ भन्ने समेत व्य