निर्णय नं. ३३०४ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०४ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/१३ २३२२ निर्णय नं. ३३०४ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १५४२ विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदकः जि.पर्सा बहुअर्वा गा.पं. वार्ड नं. २ बस्ने श्रीमती कृष्णदेवी चाइन । विरुद्ध विपक्षीः श्री प्रमुख जिल्ला अधिकारी, पर्सा । श्री मालपोत कार्यालय,वीरगंज । जि.पर्सा वहुअर्वा गा.पं. वडा नं.२ बस्ने वोकु महतो चाई । आदेश भएको मिति: २०४४।९।१३।२ मा हकवाला भएकोमा निवेदक सावित नै भए पनि सन्धिसर्पन परेको भन्नेमा इन्कार रहेको देखिन्छ, सन्धिसर्पन पर्ने हो होइन भन्ने तथ्य प्रमाण बुझी ठहर गर्नु पर्ने विषय हुन्छ, प्रमाण बुझी ठहर गर्नुपर्ने विषयमा सन्धिसर्पन परेको भनी निखन्न पाउने गरेको मालपोत कार्यालयको निर्णय र सो निर्णय सदर गरेको जिल्ला कार्यालयको निर्णयमा रजिष्ट्रेशनको महलको ३५ नं.को देहाय २ को क्षेत्राधिकार सम्बन्धी त्रुटी देखिँदा रजिष्ट्रेशनको ३५ नं.को देहाय २ बमोजिम ३५ दिनभित्र नालिश गर्नु भनी सुनाई दिन प्रत्यर्थी कार्यालयको नाममा परमादेशको आदेश जारी हुने। (प्रकरण नं. १२) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.हरगोविन्द सिंह प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. जि.पर्सा बहुअर्बा गा.पं. वडा नं. २(ख) ०–०–११ र ऐ. वडा नं. को कि.नं. १९९ को ०–१–६ समेत दुई कित्ता जग्गा मिति २०४१।३।५ मा भरत महतोबाट रु. ४०,०००।– मा राजीनामा लिएको उक्त जग्गा निखनाई पाउँ भनी विपक्षी वोकु महतोले मालपोत कार्यालय पर्सामा दर्खास्त दिनु भएपछि जारी भएको म्यादमा निखनाई दिन मन्जूर छैन भनी मैले प्रतिवाद गरेकोमा सबूद प्रमाणको मूल्याङ्कन नै नगरी निखनाई दिने ठहर्छ भनी २०४१।९।५ मा मालपोत कार्यालयबाट निर्णय भयो । ३. सो निर्णय उपर मेरो पुनरावेदन पर्दा हकदार भएको कुरामा स्वीकारी प्रतिवाद गरेको र बोकु महतोले पेश गरेको ज.ध. पूर्जाको नक्कल साथ नापीको श्रेस्ता तथा नक्शा समेतबाट भरतको सन्धिसर्पन पर्ने हकवाला बोकु महतो भएको देखिनाले मालपोत कार्यालयको निर्णय मनासिब ठहर्छ भन्ने जिल्ला कार्यालय पर्साबाट २०४३।३।१३।६ मा निर्णय भयो । ४. हक साफिको लागि मालपोत कार्यालयले वा सो उपर पुनरावेदन सुन्ने अड्डाले निखन्न दिनु पर्ने हो वा होइन भनी निर्णय गर्दा आफू कहाँ रहेको अभिलेखबाट निर्णय गर्नु पर्ने हुन्छ । अन्य सबूद प्रमाण बुझी निर्णय गर्नु हुँदैन । त्यसरी प्रमाण बुझी निर्णय गर्नु पर्ने भएमा हक बेहकमा जानु भनी सुनाउनु पर्ने कानुनी व्यवस्था छ । मालपोत कार्यालय र जिल्ला कार्यालयहरूले निर्णय गर्दा धनी प्रमाण पूर्जा र नापीको श्रेस्ता फिल्डबुक र नक्शा आदिको आधार लिएको हुँदा आफ्नो अधिकार क्षेत्र बाहिर गई प्रमाण बुझी निर्णय गर्न नपाउने अधिकारीले त्रूटीपूर्ण निर्णय गरेको सो अ.बं. ३५ ले बदरभागी हुँदा जिल्ला कार्यालय पर्साको मिति २०४३।३।१३ मालपोत कार्यालय पर्साको २०४१।९।५ को निर्णय बदर गरी हक प्रचलन गरिपाउँ भन्ने रिट निवे