निर्णय नं. ३३०५ - उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३०५ - उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/२२ २६५३ निर्णय नं. ३३०५ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १८४८ विषय : उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.सर्लाही मोनहरपुर गा.पं. वार्ड नं. १ हाल मोहनपुर गा.पं. वार्ड नं.१ बस्ने रामदिप महतो सुडी । विरुद्ध विपक्षी : भू.सु.का.सर्लाहीका भूमि सुधार अधिकारी, तेज नारायण देव । जि. सर्लाही गा.पं. मंलगवा वार्ड नं. ८ बस्ने भगवान साहू रौनियार । आदेश भएको मिति: २०४४।९।२२।४ मा अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी हक कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. ९) नियमले नै मोहीलाई रोज्न पाउने अधिकार दिएको अवस्थामा जाहेरी दिएको कारणले जग्गा नै रोजेको हुँदा जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय गरेको भन्ने भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश (क) को त्रुटी देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. विपक्षी भगवान साहू रौनियारले म निवेदकले हदबन्दी भन्दा बढी मोही कमाएकोले निजको नाउँमा दर्ता रहेको जि. सर्लाही चन्द्र नगर पञ्चायतको वार्ड नं. १(ख) को कि.नं. १४१ को जग्गाको मोहियानी म निवेदकबाट प्राप्त गरिपाउँ भनी उजुर दिएछन् । सो उजूरीमा भूमि सुधार कार्यालयबाट मलाई म्याद आएपछि म निवेदकले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८(२) र सो सँग सम्बन्धित नियमहरु, २०२१ को नियम १४ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश र मेरो नाममा जग्गा दर्ता रहेपनि ४ दाजुभाइको अंश हक लाग्ने हुँदा मेरो भागमा पर्ने अंश हक र मोही हक जग्गा समेत नापीमा ४ विगहा पनि नपुगेको र मेरो नामको जग्गाधनी हैसियतको जग्गा मेरै कायम माने पनि मोहीको हैसियतले जोतेको जग्गा बढी हुन आएमा जग्गाधनी डिल्लीराम उपाध्याय, सूर्यकापर र जुलुमसिंह ३ जना जग्गाधनीको जग्गाको मोहियानी छाड्न मन्जूर गरेको र विपक्षी भगवान साहको कि.नं. १४१ को मेरो मोहियानी जग्गा आफ्नो हकभित्र राख्न पाउने गरी मैले रोजेकोमा विपक्षी भूमि सुधार अधिकारीले “....भूमिसम्बन्धी नियम, २०२१ को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश अनुसार रोज्ने अधिकार भएकोमा यतिका दिनसम्म चुप लागी बसी अनुचित फाइदा उठाई कानुन विपरीत काम गरी आएको जाहेरवालाको नाम बाहेक अरु सबैको नाप लेखिएदिएबाट रिसले जाहेरवालाको नाम नलेख्नु स्वभविकै हुँदा जाहेरवालाको उजूरीबाट कारवाही चली बढी प्राप्त हुन आएको जाहेरवालाकै जग्गा प्राप्त गर्ने प्राथमिकता दिनु पर्ने भनी उल्लिखित कि.नं. १४१ को जग्गा प्राप्त गर्ने भन्ने मिति २०४३।४।१९ मा निर्णय गर्नु भएको छ । भुमिसम्बन्धी नियमहरू २०२१ को नियम ६ बमोजिम प्रकाशित भएको फाँटवारीमा कारवाही गर्नु पर्ने सो पनि