निर्णय नं. ३३०६ - उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३०६ - उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/०६ २३७४ निर्णय नं. ३३०६ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २१२३ विषय : उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ । निवेदक :जि.मोरगं हेरैचा गा.पं.वार्ड नं.३ घर भै हाल जि.का. कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको महेश खवास । विरुद्ध विपक्षी :श्री मोरङ जिल्ला अदालत, विराटनगर । श्री जिल्ला कार्यालय,कारागार शाखा,पर्सा,वीरगंज । फैसला भएको मिति: २०४४।१०।६।४ मा पन्ध्रसय रुपैयाँ भन्दा बढी जतिसुकै जरिवाना भए तापनि जरिवाना बापत ४ वर्षकैद गर्नुपर्ने र पुनरावेदन गरेबापत थप सजायँ गर्नु पर्दा लागेको जरिवानाको सयकडाले हुने थप जरिवाना नतिरे कैद गर्नु पर्दा हुने कैद थप गर्नु पर्ने देखिँदा पुनरावेदन गरे बापतको जरिवाना समेतको कैद थपिंदै जाने कानुनी प्रावधान भएको देखिने । (प्रकरण नं. ८) शुरुले गरेको कैद र जरिवाना बापत पुनरावेदन तहबाट सदर निर्णय भएपछि चोरीको २८ नं. बमोजिम पुनरावेदन गरेबापतको जरिवाना समेतको कैद थपिंदै जाने कानुनी व्यवस्था भएको हो, पहिलेको जरिवाना बापतको ४ वर्षकैदमा पछिल्लो जरिवाना गाभिनु पर्ने भनी मान्न मिल्दैन, पछिल्लो जरिवानाको सयकडा १० प्रतिशतले थप भएको जरिवाना बापत पनि सो नतिर्दा थप कैद नै हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. विपक्षी नं. १ का मिति २०३९।८।१९ गतेका आदेशले बरुणकुमार खवासको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा प्रहरी हिरासतमा राख्न आदेश दिएको र मिति २०४१।२।२८ को फैसलाले पहिलोपटक डाँका गरेको ठहराई चोरीको महलको १४(४) बमोजिम कैदवर्ष ६ र जरिवाना रु. २५,११३।५० नतिरे ऐ.को २८ नं. बमोजिम कैदवर्ष ४ गरी जम्मा १० वर्षकैद गरेको छ । शुरु फैसलामा चित्त नबुझी पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेकोमा मिति २०४२।१२।२४ का फैसलाले शुरुको सदर गरी पहिलो तहको पुनरावेदन गरे बापत सयकडा १०% थप ७ महिना १ दिन ६ घण्टा र जरिवाना रु. २,५११।३५ को लगत विपक्षी नं. १ लाई प्राप्त भई जम्मा १४ वर्ष ७ महिना १ दिन ६ घण्टा कैद गरी सो बापत थुनिएको मिति २०३९।८।१९ गतेदेखि गणना गरी मिति २०३९।८।१९ सम्म कैद ठेकिएको पुर्जी प्राप्त भयो । लागेको कैदमा जम्मा म्यादी कैदवर्ष ६ महिना ७ दिन १ घण्टा ६ र जम्मा जरिवाना रु. २७,६२४।८५ नतिरे चोरीको महलको २८ नं. र दण्ड सजायको महलको १० र १४ नं. ले हद कैदवर्ष ४ गरी जम्मा १० वर्ष ७ महिना ६ घण्टा ठेक्नु पर्नेमा पृथक पृथक जरिवानामा पटकपटक कैद ठेकी १४ वषर््ा ७ महिना १ दिन ६ घण्टा पारी गरेको अवैधानिक हुँदा थुनामा राख्ने कैद लगत कट्टा गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर । ३. यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. मोरङ जिल्ला अदालतका मिति २०४१।२।२८ को फैसलाले चोरीको १४(४) नं.ले पहिला पटक पारी