निर्णय नं. ३३०७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०८/२८ २३८५ निर्णय नं. ३३०७ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २२४० विषय : उत्प्रेषण । निवेदक :ल.पु.जि. ल.पु.न.पं.वार्ड नं. ४ जावलाखेल बस्ने रामहरी शर्मा ढकाल । विरुद्ध विपक्षी : मालपोत अधिकृत मा.पो.का.ललितपुर । ल.पु.जि.ल.पु.न.पं. वार्ड नं. २१ श्री बहाल बस्ने बुद्धाचार्य शाक्य । आदेश भएको मिति: २०४४।८।२८।२ मा सर्वोच्च अदालतले उत्प्रेषणको आदेशद्वारा पूर्व निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णयको लागि परमादेशको आदेश समेत जारी भएको हुँदा उक्त आदेश बमोजिम पनि पक्ष विपक्ष दुवैलाई बुझिकन निर्णय गर्नु पर्ने हुन्छ, उक्त आदेश स्वयंले एकाको हक स्वामित्वलाई समाप्त गरी अर्काको हक स्वामित्व स्थापित गरेको पनि छैन, स.अ.को आदेशले पहिले भएको निर्णयलाई बदर गरी निर्णय विहिन अवस्थामा पुर्याई पुनः निर्णय गर्न तोकी पठाएको सम्म मात्र हुँदा सो निर्णयबाट रामहरीको दर्ता बदर र बुद्धाचार्यको दर्ता कायम गरेको भन्न नमिल्ने । (प्रकरण नं. ७) रिट निवेदकको तर्फबाट:विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल र विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. म निवेदकले साविकमा मनिराज शाक्यको नाउँमा पाटन गावहालको पोता नं. ३८९ लगतमा दर्ता भएको साविक कि.नं. ७८ फोड भई कि.नं. १६८ गणेश भन्नेले खरीद गरेको र १६९ को ०–१२–० मध्ये ०–४–० विपक्षीका दाज्यू जितबहादुरले र ०–८–९ म मोही भएको नाताले जग्गाधनी र निजको ०१६ सालमा मृत्यु भएको र निजको हक खाने नजिकको नातेदार भाइ पंचराज शाक्यले पनि रैकरमा परिणत नगरी मैले विर्ता उन्मूलन ऐन अनुसार आफ्नो नाममा रै.प. गरी मिति ०३०।१२।१९ को मालपोत कार्यालयको निर्णय अनुसार भोगी आइरहेकोमा विपक्षी बुद्धाचार्यले मिति ०३६।२।२ मा सोही जग्गाको ज.ध.प्र.पु. पाउँ भनी पञ्चायतको सिफारिश मात्रको आधारमा मा.पो.का. मा निवेदन दिएको रहेछन् । सो निवेदनमा मैले कारवाही नगरी निजलाई नबुझी गरेको मालपोतको निर्णय बदर गरी परमादेश जारी गर्ने गरी स.अ. बाट मिति ०४०।२।५ मा विपक्षीको परेको ०३८ सालको रिट नम्बर १५५० मा निर्णय भएको छ । उक्त परमादेशको आदेश बमोजिम सबै पक्षलाई बुझी निर्णय गर्नु पर्नेमा मलाई बुझ्दै नबुझी प्रतिवाद गर्ने मौका नदिई मा.पो.का. ललितपुरले मिति ०४२।८।२५ मा अदालतको फैसला अनुसार हाल बुद्धाचार्यको नाममा कायम हुने हुँदा रामहरि ढकालले प्राप्त गरेको ज.ध.प्र.पु. दाखिल गर्न ल्याउनु भनी ०४२।९।१५ मा पुर्जी बुझाइयो । ३. यसरी मैले ज.ध.प्र.पु. प्राप्त गरी मेरो हकभोगको जग्गाम मलाई बुझ्दै नबुझी मेरो विरुद्ध मालपोत कार्यालयबाट भएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको छ । यसै जग्गाको सम्बन्धमा रै.प. नगराएकोले विपक्षी बुद्धाचार्यले मा.पो.का. मा दिएको निवेदनबाट कारवाही भई निर्णय हुँदा वि.उ.ऐन, २०१६ को दफा ७(३) बमोजिम रु. १०१।– जरिवाना गर्ने गरी मिति ०४१।१२।२ मा निर्णय समेत भई सकेपछि ऐ.को दफा ७(४) बमोजिम मोहीले रै.प. गराएको कानुनसंगत हुँदा विपक्षीको उक्त निर्णय आदेश विर्ता उन्मुलन ऐन, ०१६ को दफ