निर्णय नं. ३३०८ - गुठी धर्म लोप पालो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३०८ - गुठी धर्म लोप पालो भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/२८ २५८० निर्णय नं. ३३०८ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ६४३ मुद्दा : गुठी धर्म लोप पालो । पुनरावेदक/वादी:ललितपुर जिल्ला ल.पु.न.पं. वडा नं. ५ नखीपोट बस्ने बालकुमारी भण्डारी । विरुद्ध प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं. ३ बालुवाटार बस्ने रामविक्रम भण्डारी । का.जि. खरेल गा.पं. वडा नं.२ बाँसगाँउ बस्ने हरिविक्रम भण्डारी । फैसला भएको मिति: २०४४।९।२८।१ मा अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट पूजा आजा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहराउन मनासिब हुने देखिँदैन, तसर्थ जग्गा अधिग्रहणमा प्राप्त भएको मुआब्जा रकम विपक्षी प्रतिवादीहरूले दाखेल गर्नु पर्ने र सो रकमको ब्याजबाट पूजा आजा आदी गर्नु पर्ने ठहर्छ, मुआब्जाको हकमा स्पष्ट किटान माग दावी नभएकोले त्यसतर्फ विचार गरिरहन परेन भनी गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म बदर भई केही उल्टी हुने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.प्रचण्डराज अनिलः म.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी पर्न आएको निवेदनमा यस अदालतका आदेश बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. जनरल गगनसिं भण्डारीले १९८३ सालमा हालको का.न.पं. वार्ड नं. २ कोटेश्वर महादेव स्थान देखि दक्षिण तर्फ गगनेश्वर महादेव स्थापना गरी शिलापत्र राखेका । उक्त शिलापत्रमा लुभु बिसंडोल, मछेगाउँ विसंडोल, ल.पु.जि.हरिसिद्धी र का.जि.भाजाँगाल समेतका जग्गाहरु गुठी राखी सो जग्गाहरुको आयस्थाबाट पूजा आरती गर्ने १० जना फकिरलाई १० हण्डी दिने । शिवरात्रीमा साधु सन्तलाई खुवाउने, महादीप, बाल्ने समेत गरी शेषबाट सत्तल पौवा भत्के विग्रेको बनाई बाँकी बाँडी खाने शिलापत्रमा उल्लेख भएको । गगनसिं स्वर्गे भएपछि उहाँका ३ छोरा बलिर सिंह, सेर सिंह र खड्ग सिंहले ३।३ वर्षको पालो गरी काम चलाई आएको । सेर सिंह परलोक भई वहाँको सन्तान समेत नभएको र वजिर सिंह र खड्ग सिंहको पनि परलोक भएको । बजिर सिंहको छोरा ठूलो काजी भन्ने, निजको छोरा विष्णु विक्रम र गणेश विक्रम तथा खड्ग सिंहका डिल्ली सिं, उजीर सिं, भक्त सिं भएको । विष्णु विक्रमले डिल्ली सिंहको छोरा डोर विक्रम समेत उपर धर्मलोपको उजूरी गरेकोमा १९८४ सालमा धर्मलोप गरेको ठहराई फैसला भएको । भक्तसिंहको श्रीमती मानुकुमारीले एक पालो पाउने गरी देवानी अदालत पहिला फाँटमा मिलापत्र भएको । जेठाका सन्तान विपक्षी रामविक्रम तथा लक्ष्मणविक्रम र कान्छाका सन्तान धर्मलोप गरेका ठहरेका हेमध्वज, डोर विक्रम बसी भाजगालको जग्गा त्रिभुवन विश्व विद्यालयमा परी मुआव्जा पाएकाले बाँकी जग्गाको आयस्ताबाट शिलापत्र बमोजिम काम गर्ने, शेष बाँकीबाट ३।३ वर्षको पालो चलाई खान पाउनेमा खड्ग सिंहको ३ पालोमा मानकुमारी डोरबिक्रम र हेमध्वजलाई एक एक पालो हुनेमा मानकुमारीले उजूर गरी १ पालो लिएको, डोर विक्रम र हेमध्वजको पालो निजहरूले चलाउन नपाउने निजहरूको पालो हामी रामविक्रम, लक्ष्मण विक्रमले चलाई शेष जगेडा