निर्णय नं. ३३०९ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३०९ - लुटपिट भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०७/२६ २३४५ निर्णय नं. ३३०९ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ५०९ मुद्दा : लुटपिट । पुनरावेदक/वादी: जि.बाँके बेलहरी गा.पं.वार्ड नं.९ बस्ने लिला प्रसाद कुर्मी । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने चन्द्रकला कुर्मिनी । ऐ. ऐ. बस्ने सम्पता कुर्मिनी । ऐ. ऐ. बस्ने राजदेई कुर्मिनी । ऐ. ऐ. बस्ने रमपता कुर्मिनी । ऐ. ऐ. बस्ने शम्भु कुर्मी । ऐ. ऐ. बस्ने राम शरण कादु । ऐ. ऐ. बस्ने राम खेलावान गुप्ता । ऐ. ऐ. बस्ने चेतराम कुर्मी । ऐ. ऐ. बस्ने द्वारिका कुर्मी । ऐ. ऐ. बस्ने बिध्या मुराउ । ऐ. ऐ. बस्ने जगमोहन अहिर । ऐ. ऐ. बस्ने प्यारे कादु । ऐ. ऐ. बस्ने घसिटे कादु । ऐ. ऐ. बस्ने विपत धोबी । फैसला भएको मिति: २०४४।७।२६।५ मा प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.ले जोतेको जग्गावाली वटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत बसी वटैया गरी दिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सकिने अवस्थाको देखिन आएन उसमा पनि वादीले प्रतिवादी बनाएका मानिस हेरिएमा प्रतिवादी बनाएका १५ जना मध्ये ८ जना सोही भर्पाई मुचुल्कामा बसेको देखिएकोबाट समेत रिसइवीको कारणबाट सम्बन्धित व्यक्तिहरू सबैलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दाको फिराद दिएको देखिने । (प्रकरण नं. १४) पुनरावेदन नै नगर्नेका हकमा ठहर्ने नगरी सफाई दिएको भन्ने हकमा आफ्नो ठहरमा वादी दावी नै झुठ्ठा ठहर गरेपछि अञ्चल अदालतबाट लुटपिट गर्ने भनी ठहर्‍याएका पुनरावेदन नै नगर्ने प्रतिवादीहरूको अभियोग नै कायम नरहने अवस्था पर्न गएको सो कुरालाई ध्यानमा राखी अ.बं. २०५ नं. बमोजिम अञ्चल अदालतले निजहरूलाई गरेको सजायँ समेत नलाग्ने ठहर्‍याएकोबाट ठहर नबोलेको भन्न नमिली यस सम्बन्धी जिरह पनि मनासिब देखिन नआउने । (प्रकरण नं. १४) पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. मेरा नाम दर्ताको बाँके बेसहरी गा.पं. वार्ड नं. ८(क) कि.नं. १०६ को ज.वि. २–१५–१४ जग्गामा मैले धानवाली लगाएको र सो धान ऐ. वार्ड नं. ९ मा खरियान लगाएकोमा दाइँ बसाई २०३९।९।२७ को सघन धानको ढेर लगाएकोमा त्यसको भोलिपल्ट जग्गा विषयमा झगडा गरी राख्ने रिसइवी लिई मैले खरियानमा लगाई राखेको ५५ क्वीन्टल ७० किलो धान सबै प्रतिवादीहरू मिली लुटपिट गरी लगेकोले विपक्षीहरूबाट दिए धान नदिए सो को मूल्य रु. १३,३६८।– भराई दिलाई पाउँ भन्ने समेत वादी दावी । ३. वादीको नाउँ दर्ताको कि.नं. १२० ज.वि. ०–१९–१ को जग्गामा म चेतराम र शम्भूले कमाई गरी आएको र सो जग्गाको ०३९ सालको बाली बटैया गरी लिंदा सोही जग्गाको २०३९ साल पौष २८ गते प्र.बली कादु समेतले वटैया गरी दिएकोमा वादी रिसाई वटैया गर्ने र बटैया गर्ने मानिस उपर यो झुठ्ठा फिराद दिएका हुँदा लुटपिट गरेको छैन । दावीबाट सफाई पाउँ भन्ने समेत संयुक्त प्रतिउत्तरपत्र । ४. २०३९।९।२८ गते बिहान ८ बजेको समयमा प्र.हर