निर्णय नं. ३३१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३१० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०८/२७ २८९४ निर्णय नं. ३३१० ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रिट नम्बर १४९५ विषय : उत्प्रेषण । निवेदक : ग.अं.तनहू जिल्ला काहू शिवपुर गा.पं.वडा नं. ९ ग्वास्लुङ बस्ने मिनराज चन्द ठकुरी । विरुद्ध विपक्षी : ग.अं.तनहू श्याम्घा गा.पं. वडा नं. ४ बस्ने अञ्जना ज.ब.रा.। जि.प्र.का. रा. । जि.का तनहू । आदेश भएको मिति:२०४४।८।२७।१ मा सार्वजनिक (अपराध र सजायँ) ऐन अन्तर्गतको अभियोग स.मु.सं. ऐन , २०१७ को अनुसूची भित्र पर्नेमा विवाद नभएको र सोही ऐनमा भएको व्यवस्थाबाट यस्तो अपराध जुन इलाकामा भएको छ सोही इलाकाको प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिनु पर्ने र सोही प्रहरी कार्यालयले पनि अनुसन्धान कारवाही गर्नु पर्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १५) जाहेरवालाले विवाह गर्ने निधो गरी पोखरामा जन्ती आई विवाह गर्ने निधो भए बमोजिम जन्ती नआई जाहेरी दर्खास्त बमोजिमको अपराध गरेको भनी अभियोग लगाएकोबाट पोखरामा हुन गर्न पर्ने काम नगरी दिएबाट सो अपराध हुन गएको भन्ने दावी भएकोबाट वारदात पोखराकै मान्नु पर्ने । (प्रकरण नं. १६) सार्वजनिक (अपराध र सजायँ) ऐन, २०२७ को दफा २(ग) मा भएको व्यवस्थाबाट कसैलाई डर त्रास वा दुःख दिन अपमान वा बेइज्जती गर्ने वा हैरानी गर्ने उद्देश्यले टेलिफोन चिठी पत्र वा अन्य कुनै साधन वा गाली दिने जिस्क्याउने वा अन्य कुनै अनुचित काम कुरा गर्न निषेध गरिएको छ तर प्रस्तुत मुद्दामा जाहेरवालाले निधो गरे बमोजिम विवाहको जन्ती नआएकोबाट जाहेरवाला विपक्षीको जिन्दगी बरबाद हुने र समाजमा विकृति आउने कार्य गरेको भनी देखाई दावी गरेकोसम्म देखिन आउँछ तर दफा (ञ) मा व्यवस्था (साविक पेज न. १३०३) भए बमोजिमको यो यस्तो साधनहरू अपनाई सो कार्य गरेको भनी देखाउन सकेका देखाइएका जाहेरी दर्खास्त नक्कलबाट नदेखिएकोबाट सो दफाको अनिवार्यता पूरा भएको भन्न नमिलेकोबाट समेत जुन कुरा देखाई दावी गरेको छ सो काम कुरा यस दफा २ अन्तर्गत पर्ने देखिन नआएको समेतबाट अधिकारै नभएको कार्यालयले ऐनभित्र नपर्ने काम कुराको सिलसिलामा गरेको कारवाही जिकिर बमोजिम अधिकृत कारवाही भन्न नमिलेकोले यस्तो कारवाहीबाट निवेदकको हकमा असर परेकै देखिन आएकोले माग बमोजिम सो कारवाही नगर्नु भनी प्रतिषेधको आदेश जारी गरी पाउने। (प्रकरण नं. १७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री जुक्तिजङ्ग लामिछाने प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. म निवेदक आज भन्दा ३ वर्ष पहिले बृटिश गोरखा भर्ति केन्द्रमा भर्ना भई बृटिस सैनिक सेवामा रहेको र हाल पछि २०४३ साल जेष्ठमा छुट्टीमा घर आई म अविवाहित कुमार केटो भएकोले विवाह गर्ने विचार गर्ने गरेको थिएँ । मेरा जात कुल परम्परा र खानदान मिल्दो राधा शाहसँग विवाह गर्ने मन्जूर भई तय भएको थियो । यस्तैमा विपक्षी अञ्जनाकी आमा र निजको सानुबाबु सेरबहादुर विपक्षी अञ्जना म संग आई अन्जनालाई नै विवाह गर्नु पर्छ भनी जोड बल र जवरजस्ती गर्न थाले राधासँग विवाह गर्ने तय भइसकेकोले अञ्जनासँग विवाह गर्न सक्दिन भनी जवाफ दिएको थि