निर्णय नं. ३३११ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३११ - खुन डाँका भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/०२ २६९४ निर्णय नं. ३३११ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ४८८ मुद्दा : खुन डाँका । पुनरावेदक/वादी: भीम कुमारी मल्लको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: भारत जि. बहराइच थाना नानपारा अन्तर्गत कोडरी गाउँ बस्ने मजित नाउ । ऐ थाना सेराघाट अन्तर्गत पेडित पुरुवा बस्ने छोटकन वनिया । वर्दिया खेरापुर गा.पं. अन्तर्गत सिरकोइया घर भै हाल बसाई सरी भारत हल्दा थाना अन्तर्गत बस्ने कल्लु पासी । भारत खेरिघाट थाना अन्तर्गत वख्तावार पुरुवा बस्ने पेरु पासी । ऐ.ऐ बस्ने टेडे पासी । फैसला भएको मिति: २०४४।९।२।५ मा अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम देखिई अभियुक्तहरूलाई सफाई दिई फैसला भएकोमा श्री ५ को सरकार तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को फैसला अन्तिम भई बसेकोबाट पनि यी प्रमाणहरूलाई जिकिर बमोजिमको मान्यता दिन मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. २१) पुनरावेदक, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदार प्रसाद शर्मा विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. २०४० साल मार्ग २३ गते राती हामी सुती निदाएको अवस्था मध्ये रात हुँदा करीब ११।१२ जना डाँकाहरू आई घरको ढोका उखेली भित्र पसी हमी २ जना बुढा बुढीलाई समाती २।३ जना डाँकाले मलाई धकेल्दै बाहिर निकाली लाठ्ठीले टाउकोमा हानेकोले म बेहोस भएपछि अरु डाँकाले लोग्ने टोपबहादुरलाई लाठीले हानी छुरीले रोपी अगेनामा झोसेकाले दुवै जना अस्पतालमा लगी उपचार गर्दा गर्दै लोग्ने टोपबहादुरको २०४० साल मार्ग २७ गते मृत्यृ भयो । मलाई सन्चो भएपछि घर आई हेर्दा बिगो रु. ८,२१३।– को धनमाल डाँका गरी लगेकोले डाँकाहरूको पत्ता लगाई खुन डाँका गरेमा सजायँ गरि डाँका गरी लगेको मेरो धनमाल दिलाई भराई पाउँ भन्ने भिमकुमारी मल्लको जाहेरी दर्खास्त । ३. कल्लु पासीको छोराको मेरो गाउँमा विवाह भएकोले निज कल्लु मेरो गाउँमा आवत जावत गर्दा चिनजान भएकोले २०४० साल मार्ग तिर मलाई एकान्तमा लगी एउटा धनी मानिस कहाँ डाँका गर्नु पर्‍यो भनी भन्दा मैले सहमति जनाएकोले २०४० साल मार्ग २३ गते निज कल्लु पासीसँग भेट भई दुवै जना हिंडी जान लागेको नाउँको किनारामा पेरु पासी, टेडे पासी र मजित नाउ समेतसँग भेट भई सब जना मिली पूर्वामा बसमा चढी मुर्तिहा ओर्लिदा बाटोमा कुरी बसेको ३ जना अपरिचित मानिसँग कल्लु पासीले कुरा गरी सबै जना डाँका गर्न गयौं डकैति गर्ने भन्ने घर पुग्दा टेडेले , पैरु मर्जित र मलाई बाहिरको स्थिति बुझ्न बाहिर राखे अरु ५ जना भित्र पसी घर धनीलाई कुटपिट गर्दा एकजना आईमाई बाहिर भागिन र अर्को एकजना मानिस बाहिर निस्के, फायर गर्दा हो हल्ला भएकोले त्यहाँबाट केही नलिई जङ्गल तर्फ भाग्यौं । मलाई रु २५०।– दिएका थिएँ भन्ने समेत प्र.छोटकन वनिय