निर्णय नं. ३३१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३१२ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/०८ २७३२ निर्णय नं. ३३१२ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४१४, ४१५, ४४८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही केरावानी गा.पं. वार्ड नं.२ राजावारीमा घर भै हाल जि.रुपेन्देही केन्द्रीय कारागार सिद्धार्थ नगर भैरहवामा थुनामा बसेको नर बहादुर राना मगर । ऐ.ऐ घर भै ऐ.मा थुनामा रहेको प्र.वीर थापा मगर । ऐ.ऐ घर भै कारागार शाखा पाल्पामा थुनामा रहेकी झनमाया थापा मगर्नी । विरुद्ध विपक्षी/वादी: नर बहादुर रानाको जाहेरीले प्र.स.नि.श्री जुद्धब हादुर कार्कीको प्रतिवेदनले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।९।८।४ मा अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठयाई मारेको भनी देखाए बमोजिम कै चिन्हहरू लाश जाँच प्रकृति मुचुल्काबाट देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्ट मार्टममा देखाइएको घाँटीको चारैतिर परेको डोरीको डामको आधारमा मृत्युको कारण काटी थिची सास बन्द भई मरेको भनी राय व्यक्त गरेकोबाट उक्त साविती अन्यथा मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २३) वारदातको दिन अभियुक्तहरू आफ्नै घरमा रहे भएको भनी देखाए पनि सावितीमा देखाइएको वारदातको रात भर नै अभियुक्तहरू आफ्नै घरमा रहेको भनी अनिवार्य रुपले मान्नु पर्ने सम्मको कुनै अवस्था नदेखाएकोबाट ती साक्षीहरूले अभियुक्तहरूलाई वारदातको दिन रातमा निजहरूकै घरमा देखिए पनि वारदात घटेको समयमा अभियुक्तहरू मर्नेको घरमा गई मर्नेलाई कर्तव्य गरी मारेको होइन भनी भन्न सकिने अवस्था कुनै रहे भएको मिसिलबाट नदेखिएको हुँदा प.क्षे.अ.ले अभियुक्तहरूले नै मर्नेलाई कर्तव्य गरी मारेको ठहराएको शुरु इन्साफ सदर गरेको मनासिब ठहर्छ । (प्रकरण नं. २३) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त,विद्वान अधिवक्ता श्री लवदेव भट्ट,विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल,विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी, वादी तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४२।५।२ को फैसला उपर पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. २०३८ साल भाद्र २० गते १०:३० को समयमा गा.स.स समेतका व्यक्ति समेतले बोलाउँदा नबोलेपछि भित्र हेर्दा मालकाडेहरी कोखामा खडा देखि के भएको रहेछ भनी हामी सब गएका व्यक्तिहरूले हेर्दा पटुवाको डोरीले घाँटीमा पासो लगाई डाँडा वा वलामा के मा हो बाँधिएको रन बहादुर झुण्डिई मरेको रहेछ । निजको श्रीमती नमालुम कता गएकी छोरा नाबालख म जेठान नाता पर्ने भएकोले दर्खास्त गर्न आएको छु । विहान सुती राखेको देखेको निज आफैं झुण्डिई मरेको विश्वास लाग्छ भन्ने समेत व्यहोराको नर बहादुर राना मगरको २०३८।५।२१ मा परेको जाहेरी दर्खास्त । ३. धुरी बलामा धागा डोरी बाँधी सुर्कने गाठो परेका घाँटीमा बाँधिएको मृतक झुण्डिएको बाँया खुट्टाले भुँइमा औंलाले टेकी घुँडाले छुन ४ इन्च जति बाँकी रहेको दाहिने खुट्टा माटाको डेहरी माथि टेकी पैताला माथि फर्केको आँखा दुवै केही खुला तलतिर हेरेको घाँटीमा रसिलो निलो रातो डाम दाहिने घुँडामा घसारिएको चोट गुदद्धारबाट दिशा र हडेलो रगत पानी निस्केको भन्ने समेत ०३८।५।२