निर्णय नं. ३३१४ - लेनदेन कीर्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३१४ - लेनदेन कीर्ने भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/१७ २१७२ निर्णय नं. ३३१४ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ६१०, ६११ मुद्दा : लेनदेन कीर्ते । पुनरावेदक/वादी:रुपन्देही सिद्धार्थनगर न.पं.वडा नं. ६ बस्ने चन्द्रीकाप्रसाद कुमाल । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. पर्सा गा.पं. वडा नं. ७ तरकुलाहा बस्ने गुञ्जेश्वरी त्रिपाठी। ऐ.ऐ बस्ने गुन्जेश्वरी त्रिपाठी । ऐ.ऐ बस्ने दुजेन्द्रमणी त्रिपाठी। पुनरावेदक/वादी: जि.रुपन्देही वगाहा नगर गा.पं.वडा नं. ४ बस्ने दिनानाथमणी त्रिपाठी । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. पर्सा गा.पं. वडा नं. ७ तरकुलाहा बस्ने गुञ्जेश्वरी त्रिपाठी । ऐ.ऐ बस्ने बीरेन्द्रमणी त्रिपाठी । ऐ.ऐ बस्ने दुजेन्द्रमणी त्रिपाठी । फैसला भएको मिति: २०४४।१०।१७।१ मा अं.अ. ले कीर्ते तर्फका प्रतिवादीहरूलाई भएको जरिवानाको रकम जोडी ९,६९६।–जरिवाना भएको भन्ने आधारमा प्रस्तुत मुद्दा क्षे.अ.को अधिकार क्षेत्र भित्र पर्ने भनी सारी पठाएको नाताबाट क्षे.अ.ले इन्साफ गरेको देखियो, तर न्यायप्रशासन सुधार ऐन, २०१३ को दफा १३ मा भएको व्यवस्थाबाट लागेको अभियोगमा हुनसक्ने जरिवानाको आधारमा क्षेत्राधिकार कायम गरिएको यसरी प्रतिवादीहरूलाई भएको सजायँको अंक जोडी क्षेत्राधिकार कायम गरी क्षे.अ.ले आफ्नो क्षेत्राधिकार भित्रको भनी इन्साफ गरेको मिलेको नदेखिने । (प्रकरण नं. ११) फैसला न्या.हिरण्येश्वरमान प्रधानः पुनरावेदनको लागि अनुमति पाउँ भनी पर्न आएको निवेदनहरूमा यस अदालतबाट पुनरावेदनको लागि अनुमति प्रदान भई निर्णयार्थ आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं विवरण संक्षेपमा यसप्रकार रहेछ । २. २०३० साल माघ मसान्त भरीमा साँवा ब्याज एकमुष्ट तिर्ने बुझाउने भाखा गरी विपक्षी गुन्जेश्वरीका पति एवं विपक्षी वीरेन्द्रमणी, दुजेन्द्रमणीको दाजु तारकेश्वरमणी त्रिपाठीले घर खर्च गर्न चानचुन साहु तिर्नको लागि म सँग मिति २०२९।१।२ मा रु. ९४९९।– कर्जा लिई कपाली तमसुक गरी दिनु भएको थियो । सो भाखा नआउँदै २०३० सालको भाद्र महिनामा तारकेश्वरमणी परलोक हुन भएको र विपक्षीहरूका पति दाजुले लिनु भएको उक्त तमसुकी रुपैयाँको साँवा ब्याज दिनु होस भन्दा दिन्नौं तिर्दैनौं जानेको गर्नुहोस भनी हाँकजवाफ दिएका र तारकेश्वरको जग्गा सम्पत्ति विपक्षीहरूले भोगचलन गरी आएकोले लेनदेन व्यवहारको २, २२ नं. अनुसार फिराद गर्न आएको छु । लिखत बमोजिमको साँवा रु ९,४९९।– र त्यसको १० वर्षको हुने ब्याज ९४९९९।– समेत जम्मा साँबा ब्याज रु. १८,९९८ विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. तारकेश्वरमणिले विपक्षीबाट रुपैयाँ लिनु पर्ने अवस्थै थिएन, र वादीले उल्लेख गरे अनुसार पर्सा गा.पं.. मा तारकेश्वरको जग्गा छैन । त्यतिका रुपैयाँ दिन सक्ने वादीको क्षमता पनि छैन । सक्कल कागज देख्न सुन्न पाउँ भन्ने समेत दिजेन्द्रमणि समेतको संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. वादीले प्रमाणमा दिएको २०३९।१।२ को सक्कल लिखत कीर्ते खडा गरे भन्ने प्रतिवादी र सद्दे भन्ने वादी चन्द्रिका प्रसादको बयान । ५. उक्त लिखत कीर्ते गरेको ठहरेकोले साँवा ब्याज भराई पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको फैसला । ६. साँवा ब्याज नभराउने गरेको सो फैसलामा चित्त बुझेन भन्ने वादी चन्द्रिका प