निर्णय नं. ३३१५ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३१५ - अंश दपोट भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/१०/२० २४४३ निर्णय नं. ३३१५ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ५१७ मुद्दा : अंश दपोट । पुनरावेदक/वादी: जि.बर्दिया गुलरिया गा.पं. वार्ड नं. ४(ख) बस्ने झुरा यादव । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने छेदन यादव फैसला भएको मिति: २०४४।१०।२०।४ मा उल्लेख भए अनुसार तायदातीमा नदिए पनि तायदातीमा उल्लेख गरी देखाउनु नपर्ने कारणमा हाल आवादीमा पाएको भन्ने भएकोले यस्तो अवस्थामा तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट वञ्चित गर्न दबाएको भन्ने नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पुर्खाको दर्ताको जग्गा नदिकाटमा परी पछि उकास भई विपक्षीको नाउँमा दर्ता हुन आएको देखिएकोले पाउने अंश बमोजिम आधी जग्गा पुनरावेदकले पाउने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षओ तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ। २. विपक्षी छेदन यादवको र मेरो यसै जिल्ला अदालतमा अंश मुद्दाको फिराद परी २०३८।३।११ को फैसला बमोजिम आधा आधा अंश पाउने गरी ठहर फैसला भएको र आफ्नो आफ्नो जिम्मामा रहेको अचल सम्पत्तिको फाँटवारी पेश गर्नु भन्ने आदेशानुसार फाँटवारी दिँदा गुलरिया गा.पं. वडा नं.४(ख) कि.नं. ७६ को ज.वि.०–४–१५, ऐ.ऐ. कि.नं. १८० मध्येको ज.वि.०–४–० ऐ. ऐ. को कि.नं.३४/२१० को ज.वि. ०–४–१४, ऐ.को कि.नं. २६/२१२ को जग्गा विगहा ०–४–१२ जम्मा ज.वि.०– १८–१ ऐ.मथुरा हरद्वार गा.प. वार्ड नं. १क. को कि.नं. ९ को ज.वि.४–६–०, ऐ.ऐ. को कि.नं. १७ को ज.वि. १–१–१५ ऐ. ऐ. कि.नं. १८ को ज.वि.१–१–१०, ऐ.ऐ. को कि.नं. २७ को ज.वि.१–१०–५, ऐ.ऐ. को कि.नं. ९६ को ज.वि. ०–१–१० समेत जम्मा ज.वि. ८–१८–० समेत दुवै पञ्चायतको हुने जम्मा जग्गा विगहा ९–१६–१ जग्गा अंश दपोट गरेकाले अंशबण्डाको २७ नं. बमोजिम दिलाई पाउँ भन्ने फिरादपत्र । ३. वादी निजै झुर्रा यादव, प्रतिवादी म भएको अंश मुद्दा यसै बर्दिया जिल्ला अदालतबाट मिति २०३८।३।११ मा फैसला भएको छ । यसै अदालतको आदेशानुसार मैले अंशको फाँटवारी समेत पेश गरेपछि उक्त फाँटवारी र मैले फिराएको प्रतिउत्तरमा लिएको जिकिरमा वादीको सहमति नभएको भए वादीले मुद्दा चल्दाको अवस्थामा नै विरोध गरी पुर्पक्ष गर्न सक्नु पथ्र्यो । बर्दिया जि.अ.बाट भएको अंश मुद्दाको फैसलामा चित्त नबुझेको भए पुनरावेदन गर्नु पर्नेमा सो नगरी अहिले पछि आई अंश दपोट मुद्दा दायर गरेकोले वादी दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तरपत्र । ४. प्रतिवादीले दुई भाइको अंश लाग्ने विभिन्न कित्ताका जम्मा जग्गा विगहा १०–१०–६ जग्गा मिति २०३८।३।११ मा फैसला भएको अंश मुद्दाको तायदाती फाँटवारी दिँदा दबाई छिपाई दिएको मितिबाट देखिन आएकोले निज प्रतिवादी छेदनले फिराद दावी बमोजिम अंश दपोट गरेको ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको २०४०।३।३० को फैसला । ५. अंश दपोट गरेको ठहराई गरेको बर्दिया जिल्ला अदालतको फैसलामा चित्त बुझेन, अंश दपोट गरे भन्ने वादी दावी झुठ्ठा हुँदा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने भेरी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. पुर्खौली सम्पत्तिको बण्डा गर्